२८ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कारागारमा यसरी भयो झडप…

साउन १९, २०८०, १२:२४ .शुक्रबार
0
0
0
SHARES
285
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर, १९ साउन । आज दिउँसो २ वजेसम्म सुनसान थियो जिल्ला कारागार झापा । दुई वजेपछि कारागारमा एकाएक हल्लीखल्ली भयो । के भयो भनेर कैदीबन्दीमा खैलाबैला मच्चियो ।

एक्कासी कारागार प्रशासनले अरु कैदीबन्दीले नथाहापाउन भनेर एकजना कैदीलाई हतकडी लगाएर बाहिर लाने सुरसार मात्र के भएको थियो ।

कैदीबन्दीले भित्रबाट ढुंगामुडा गर्न थाले । टायर जलाए, आगोको मुस्लो बनाएर प्रशासनतिर फाल्न थाले । खवरदार हाम्रो मान्छेलाई बाहिर लान पाईदैन, कारागार प्रशासन मुर्दावाद भन्दै नारा–जुलुस लगाए ।

कारागारभित्रबाट धुँवाको मुस्लो उडिरहेको थियो । भद्रपुर, मेचीनगर र बिर्तामोडको दमकल आगो निभाउने प्रयास गरिरहेको थियो ।सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो संख्या कारागार बाहिर तैनाथ गरिएको थियो । अन्तमा ती कैदीलाई प्रशासनले बाहिर लानबाट पछि हट्न बाध्य भयो ।

शिवसताक्षी नगरपालिकाका मनोज लावती कर्तव्य ज्यान मुद्दामा झापा कारागारमा ७ वर्षदेखि सजाय काटिरहेका व्यक्ति हुन् । उनलाई कारागार प्रशासनले आज सुनसरीको झुम्का कारागार सरुवा गर्ने तयारी गरेको थियो । प्रशासनले कसैलाई थाहा नदिइ लावतीलाई दिउँसो २ वजेपछि झुम्का कारागार लाने तयारी थियो ।

जव २ वजेपछि उनलाई एक्लै पारेर हतकडी लगाएर लादै गर्दा कारागारभित्र रहेका अन्य कैदीबन्दीले थाहा पाएपछि ढुंगामुडा र आगजनी सुरु गरेका थिए । त्यपछि प्रहरी र कैदीबन्दीको झडव सुरु भयो । करिव ३ घण्टापछि झडप साम्य भएको थियो ।

कारागार प्रशासन प्रमुख मोहनलाल पनेरुले विभागबाट कैदीबन्दी लावतीलाई झुम्का सरुवा गर्न पत्र आएकाले सोहि अनुसार आज दिउँसो २ वजे हतकडी लगाएर लादै गर्दा यस्तो घटना भएको बताए ।

‘हतकडी लगाएर लान मात्र के आटेका थियौँ करिव २ घण्टा असिना आएजस्तो भित्रबाट प्रशासन परिसरमा निरन्तर ढुंगामुडा बर्सिन थाल्यो’, पनेरुले भने–‘टायर जलाए । आगोको मुस्लो बनाएर भित्रबाट बाहिर फ्याके । कर्मचारीहरु कोठा थुनेर बसे । कारागार भित्र रहेको गाडीको सिसा फुटाए । बाहिर रहेका मोटरसाइकलहरु जेगाउन निक्कै हम्मे हम्मे परेको थियो ।’ उनले कैदीबन्दीको हुलदंगाका क्रममा कुनै मानवीय क्षति भने नभएको बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिल्ला प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मी, कारागार प्रशासन प्रमुख पनेरु, केदीबन्दीका नायके लगायतको छलफलपछि लावतीको सरुवा तत्कालका लागि रोकिएको र पुर्नविचार गर्ने सहमतीपछि विवाद साम्य भएको थियो ।

पछिल्लो समाचार

‘विषादी जाँच्ने प्रयोगशाला’ खुलाउन माग

अघिल्लो समाचार

साप्ताहिक पत्रिका सञ्जालको अध्यक्षमा पाठक

Related Posts

ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार
मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम
banner -2

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक २६, २०८२, ११:३१ .बुधबार
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि
banner -1

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली
banner -2

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

कार्तिक २४, २०८२, ११:४३ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.