४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

शी लिड्स तालिमपछि ‘घुङ्घट’ हटाए : वडा सदस्य पासवान

साउन २०, २०८०, २:२१ .शनिबार
0
0
0
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter
वडा सदस्य पासवानले आफ्नो समस्या सुनाउँदै ।

।। अर्जुन कार्की ।।

झापा, २० साउन । २०७९ सालको स्थानीय तहको चुनावमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित मीनादेवी पासवानले दलित महिला केन्द्र नेपालले सञ्चालन गरेको ‘शी लिड्स’ कार्यक्रममा सहभागी नभएको भए घुम्टो ‘घुङ्घट’ बाट बाहिर निस्कन नपाउने बताएकी छिन् ।

आज बिर्तामोड स्थित सिदार्थ होटलमा दलित महिला केन्द्र नेपालले ‘शी लिड्स’ कार्यक्रम अन्तरगत राजनीतिक दलमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि व्यवस्था र कार्यान्वयन अन्तर विषयक अन्तरक्रिया कार्यक्रममा वडा सदस्य पासवानले यस्तो कुरा बताएकी हुन् ।

उनी २०७९ सालको स्थानीय तहको चुनावमा एमालेबाट गौरीगञ्ज गाउँपालिका–३ बाट वडा सदस्यमा निर्वाचित जनप्रतिनिधि हुन् ।

‘एमालेले मलाई वडा सदस्यको टिकट दियो’, पासवान भन्छिन्–‘जनताले जिताए । वडा सदस्य भनेकै थाहा थिएन । तर, ‘शी लिड्स’ तालिमले मलाई जनप्रतिनिधि भनेको के हो भनेर चिनायो ।’ ‘एमालेले टिकट र दलित महिला केन्दले ‘शी लिड्स’ तालिम नदिएको थियो भने म आज ‘घुङ्घट’ बाट बाहिर निस्कन सक्ने थिइन्’–उनले भनिन् ।

हाम्रो जातका महिलाहरु प्रायः घरभित्रै साडीले टाउको छोपेर ‘घुङ्घट’ बस्ने चलन रहेको उनको भनाई छ । उनले ‘शी लिड्स’ को तीन पटकको तालिमले ‘घुङ्घट’ बाट मुक्त भएको बताइन् । यी वडा सदस्य त एकजना प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्ता दलित तथा महिला वडा सदस्यहरुको अवस्था पनि उस्तै छ ।

२०७४ सालको स्थानीय तहको चुनावमा दमक नगरपालिका–७ बाट वडा सदस्यमा निर्वाचित गायत्रा लामिछाने घिमिरेले महिलाले घरको चुलाचौका मात्र गर्ने होइन समाजका लागि महलिाहरु पनि अब अघि बढ्नु पर्ने बताइन् ।

कल्पना राई २०७९ सालको स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट कमल गाउँपालिका–२ बाट वडा सदस्यमा निर्वाचित जनप्रतिनिधि हुन् । उनले थाहा नपाइकन जनप्रतिनिधि भएको बताइन् । ‘शी लिड्स’ को तालिमले अब आउने ०८४ सालको चुनावमा पार्टीले सहयोग गरे वडाध्यक्ष वा मेयर हाक्न सक्ने हिम्मत बढेको बताइन् ।

२०७९ सालको स्थानीय तहको चुनावमा अर्जुनधारा नगरपालिका–८ बाट नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा चुनाव जित्ने एक्ली महिला उम्मेद्वार हुन् सरु बुढाथोकी ।

उनले संविधानले छुवाछुत अन्त्य भएको भन्ने अनि कुनै पनि संघ–संस्था वा पार्टीको अध्यक्ष पद नदिने जहिलै महिलालाई कोषाध्यक्ष बस भन्नु पनि विभेद भएको दावी गरिन् । समाजमा बामे सरिरहेको व्यक्तिलाई यहाँसम्म पुर्याउने काम ‘शी लिड्स’ को तालिमले गरेको बताइन् ।

कार्यक्रममा बुद्वशान्ति गाउँपालिका–३ की वडा सदस्य नर्मदा चापागाई, बिर्तामोड–२ की वडा सदस्य लीला गौतम, बिर्तामोडकी पूर्व वडा सदस्य नीता घतानी लगायतले ‘शी लिड्स’ को तालिमले नै जनप्रतिनिधि भएर काम गर्न थप उर्जा प्रदान गरेको धाराणा राखेका थिए ।

कार्यक्रममा दलित महिला केन्द्र नेपालकी संस्थापक अध्यक्ष एवम् वर्तमान महासचिव गौरा नेपाली, उपाध्यक्ष लक्ष्मी परियारले सबै दलहरुले अब महिलाहरुलाई हेर्ने दृष्टीकोणमा परिवर्तन गर्नु पर्ने बताएका छन् । दलित तथा महिला वडा सदस्य र समग्र महिलाहरुलाई अबको चुनावमा ३३ प्रतिशत उम्मेद्वार बनाउन आग्रह गरेका थिए ।

कार्यक्रममा एमाले झापा अध्यक्ष दिपक कार्कीले समावेशी बनाउन निर्वाचनको समानुपातिक प्रणाली खारेज गर्नुपर्ने बताए । उनले सबै पदमा प्रतिशतको आधारमा महिलालाई आरक्षणको कोटा दिर्नु पर्ने बताए ।

नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले सामानुपाति समावेशी निर्वाचन गर्नुपर्ने दावी गरे । उनले आरक्षणको पनि चुनाव हुनु पर्ने माग गरेका छन् ।

राप्रपा झापा सचिव कुमार थापाले आरक्षणको खुलेरै विराध गरे । उनले आरक्षण भन्ने कोटा नै हटाउनु पर्ने बताए । पार्टीले महिलालाई ५० प्रतिशत र वडा कमिटीदेखि केन्द्रसम्म उपाध्यक्ष पद दिएको उनको भनाई छ । नेकपा माओवादी केन्द्र झापाका सचिवालय सदस्य माधव अर्यालले निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनु पर्ने दावी गरे ।

जसपाका झापा इन्चार्ज एवम् केन्द्रीय सदस्य धनप्रसाद गुरुङले जसपाका झापा इन्चार्ज एवम् केन्द्रीय सदस्य धनप्रसाद गुरुङले लैङ्गिक समानता मात्र होइन आर्थिक समानताको पनि खोजी गर्नुपर्ने बताए ।

सदस्य एवम् सामाजिक अभियन्ता रुद्र सिटौलाले महिलाहरुको ३३ प्रतिशत अधिकारको कुरा माथि मन्त्रीपरिषद्बाटै कार्यान्वयन गर्नु पर्ने दावी गरे । नेपाली कांग्रेस झापाका सदस्य धर्म लक्सम्बाले कांग्रेसले ३३ प्रतिशत महिलाको अधिकार सुरक्षित गर्न लागि परेको बताए ।

त्यस्तै पूर्व जनप्रतिनिधि डिल्लीराम घिमिरेले सबै पार्टीका दस्तावेजमा सो अधिकार भए पनि अहिलेसम्म कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरेका थिए ।

दलित महिला केन्द्र नेपालले ‘शी लिड्स’ अन्तरगत २०७४ र २०७९ सालमा पहिलो र दोस्रो कार्यक्रम गरिसकेको छ भने २०८० सालको साउन महिनामा झापाको ८ वटा पालिकामा तेस्रो चरणको कार्यक्रम पनि सम्पन्न भइसकेको मुख्य प्रशिक्षक सोमराज ढकालले जानकारी दिए । अब एडभान्स प्रकारको कार्यक्रम चाँडै गरिने उनको भनाई छ ।

महासचिव गौरा नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत झापा संयोजक सम्झना पोखरेलले गरेकी थिइन् । कार्यक्रमको सहजिकरण मुख्य प्रशिक्षक ढकाल र प्रशिक्षक पुनम मण्डलले गरेका थिए ।

पछिल्लो समाचार

साप्ताहिक पत्रिका सञ्जालको अध्यक्षमा पाठक

अघिल्लो समाचार

मेचीनगरमा ‘लार्भा खोज र नष्ट गर’ अभियान

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.