काँकरभिट्टा, २० साउन । मेचीनगरमा डेँगु संक्रमण फैलिन नदिन ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ ।
पछिल्लो समय देशैभर महामारीको रूपमा फैलिदैं गएको डेँगु रोगको संक्रमण फैलिन नदिन नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभिान सञ्चालन गरेको हो ।
नगरपालिकाले शुक्रबारबाट सुरू गरेको डेँगु रोग नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर अभिानको शुरुवात मेचीनगर–६ स्थित काँकरभिट्टा बजारसहित विभिन्न टोलहरुमा गरेको छ ।
यो अभियान नगरको पन्ध्र वटै वडामा सञ्चालन हुने मेचीनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाले जानकारी दिइन् ।
मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, मेचीनगर स्वास्थ्य शाखा प्रमुख निरौला, कर्मचारी पुजन अधिकारी, वडा सदस्य, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवीका, आमा समूह लगायतको सक्रिय सहभागीता रहेको थियो ।
त्यस्तै मेचीनगर–७ ले विहीबार प्यारीभिट्टाको नयाँ बसपार्क, वडा कार्यालय, मेचीनगरको प्रवेश मार्ग र नगरपालिका कार्यालय परिसर लगायतका सार्वजनिक स्थलहरूमा सरसफाइ गरेको थियो ।
मेचीनगर ७ का वडाध्यक्ष प्रल्हादमणी ओलीको संयोजनमा वडा क्षेत्रका सार्वजनिक स्थल सरसफाइ अभियान सञ्चालन गरिएको छ । सरसफाइ अभियानको अगुवाइ स्थानीय हाकिम तिम्सिनाले गरिरहेका छन् ।
Discussion about this post