२४ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अधिवेशनको तयारी

एमाले झापा : १९ हजार ५६७ को सदस्यता नविकरण

साउन २४, २०८०, ५:१० .बुधबार
0
0
0
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २४ साउन । नेकपा एमाले झापाको विस्तारित बैठकले आगामी चैत मसान्त सम्ममा जिल्लादेखि टोलसम्मको अधिवेशन गर्ने कार्ययोजना निर्माण गरेको छ ।

बिर्तामोडमा दुई दिनसम्म चलेको विस्तारित बैठकले जिल्ला कमिटी, स्थानीय तह कमिटी, वार्ड कमिटी र टोल कमिटीका अधिवेशनहरु चैत मसान्त सम्म गरिसक्ने गरी योजना निर्माण गरेको एमाले झापाका सचिव शिव ढुंगेलले जानकारी दिए ।

एमाले झापाले आफ्ना जनप्रतिनिधिहरुले गरेको कामको मुल्यांकन, सदस्यता नवीकरण, कमिटीहरुको अवस्था, पार्टीको कार्य योजनाहरु बारे छलफल गर्दै सुझावहरु संकलन पनि गरेको छ ।

एमालेको स्थायी कमिटी सदस्य हिक्मत कार्की, एमाले पोलिटब्यूरो सदस्य एवम् झापा इन्चार्ज विशाल भट्टराई, पार्टीका केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश कमिटीबाट क्षेत्रको जिम्मेवारी तोकिएका इन्चार्जहरु, पाँचवटै निर्वाचन क्षेत्रका संयोजकहरु र १५ वटै पालिकाका इन्चार्जहरुको समेत उपस्थिति रहेको उक्त बैठकले पार्टीको आगामी कार्य योजनामाथि छलफल गरेको थियो ।

बैठक सम्पन्न भए पश्चात एक विज्ञप्ति जारी गर्दै जिल्ला अध्यक्ष दिपक कार्कीले १९ हजार ५ सय ६७ सदस्यहरुले सदस्यता नविकरण गरेको जनाएका छन् । उनका अनुसार १५ वटा पालिकाका सबै वडाहरुका सबै टोलमा सकृय कमिटी रहेका छन् ।

बैठकमा नेताहरुले एमाले झापालाई थप चुस्त र प्रभावकारी बनाउन केन्द्रीय र कोशी प्रदेश कमिटीका नेताहरुले सुझाव समेत राखेका थिए । बैठकमा झापाको राजनीतिक अवस्था, जनताका समस्याहरु, जनप्रतिनिधिहरुको काम, पार्टीको राजनीतिक, वैचारिक, सांगठनिक अवस्थाको बिषयमा नेताहरुले धारणा एवम् सुझावहरु राखेका थिए ।

बैठकमा पार्टी स्थायी कमिटी हिक्मत कार्की, पोलिटब्यूरो सदस्य तथा झापा इन्चार्ज विशाल भट्टराईले समसामयिक राजनीतिक परिस्थिती, पार्टी केन्द्रीय कमिटीका निर्णयहरु र तत्काल गरिनु पर्ने पार्टीका कार्यभारहरुका बिषयमा निर्देशनात्मक भनाईहरु राखेका थिए ।

पछिल्लो समाचार

अधिवक्ता र एसपीलाई कारवाही गर्न माग

अघिल्लो समाचार

मेचीनगरमा आफ्नै खर्चमा खोप लगाउँदै किसान

Related Posts

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?
banner

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?

बैशाख २३, २०८३, २:३० .बुधबार
बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा
banner -2

बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा

बैशाख २३, २०८३, १:४५ .बुधबार
आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा
banner -1

आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा

बैशाख २३, २०८३, १:०० .बुधबार
मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान
box -1

मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान

बैशाख २२, २०८३, २:११ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.