२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

लम्पी स्किन रोग

मेचीनगरमा आफ्नै खर्चमा खोप लगाउँदै किसान

साउन २४, २०८०, ६:५० .बुधबार
0
0
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, २४ साउन । महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि मेचीनगरमा किसानले आफ्नै खर्चमा प्रभावित गाईभैँसीलाई खोप लगाउन सुरु गरेका छन् ।

गत चैत महिनामा देखिएको रोगका कारण गाई वस्तु मर्ने र रोगको संक्रमण बढ्दै जाने क्रम भएपछि नगरपालिकाको प्राविधिक सहयोगमा किसानले आफ्नै खर्चमा खोप खरीद गरी लगाउन सुरु गरेका हुन् ।

किसानले बिर्तामोडको मेची एग्रो र चन्द्रगढीकोे सदाबहार एग्रोबाट जोडर्न कम्पनीको कम्पीशिल खोप १५० रुपैयाँ गोटाले खरीद गरेर

नगरपालिकाको प्राविधिक सहयोगमा मेचीनगरको विभिन्न वडामा खोप लगाउने कार्य भइरहेको छ ।
नगरपालिकाका पशु प्राविधिक छत्रबहादुर राईले मेचीनगर–७, ८, ९, ११, १३, १४ र १५ नम्बर वडाका एक वर्षमाथिका विरामी परेका गाईका बाँछा र बाँछीमा ९०० वटा खोप लगाइसकिएको बताए ।

नगरमा दुई हप्तादेखि दैनिक विहान–बेलुका खोप लगाउन सुरु गरिएको छ ।

किसानले खरिद गरेर ल्याएका खोप नगरपालिकाका र वडामा रहेका पशु प्राविधिकहरुको सहयोगमा लम्पी स्किन रोग देखा परेका बाँछाबाँछीहरुमा लगाइएको राईको भनाई छ ।

‘मेचीनगरमा गाईभैँसीमा भन्दा पनि बाँछाबाँछीमा यो रोगको संक्रमण बढ्दो छ’, राईले भने–‘१३ वटा बाँछाबाँछी मरिसके । करिव ८० वटा बाँछाबाँछी विरामी परेका छन् ।’

उनका अनुसार २ वर्षअघि पनि यो रोग मेचीनगरका गाईभैँसीमा देखा परेको थियो । त्यसबेला यहि प्रकृतिको खोप गाईभैँसीमा लगाइएकोले गर्दा यसपटक बाँछाबाँछीमा मात्र देखा परेको उनको दावी छ ।

चार महिनादेखि मेचीनगरका विभिन्न वडामा किसानले पालेको गाई र भैसीमा ‘लम्पी स्किन डिजीज’ रोगको संक्रमण फेला परेको थियो ।

रोगका कारण पशुको ह्याकुला, पेटमा पानी जम्ने, खुट्टाको हाडजोर्नी सुन्नीने, दुग्धको उत्पादन घट्दै जाने, पशुमा ज्वरोको मात्रा उच्च हुने जस्ता लक्षण देखिने गरेको थियो ।

पछिल्लो समाचार

एमाले झापा : १९ हजार ५६७ को सदस्यता नविकरण

अघिल्लो समाचार

दमकका प्रमुख प्रशासकीय अधिकृत निरौलाको सरुवा

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.