झापा, २४ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दमकका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई सरुवा गरेको छ ।
निरौला नगरपालिकाको क्वाटरमा टिकटक लाइभमा एक महिलासँग देखिएपछि विवादमा तानिएका थिए ।
उनी मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् । उनको स्थानमा तारकेश्वर नगरपालिकामा रहेका गणेशराज कार्कीलाई पठाइएको छ ।
कार्की दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा आउने भएका छन् । निरौलालाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ ।
Discussion about this post