२४ मंसिर २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अधिवक्ता र एसपीलाई कारवाही गर्न माग

साउन २३, २०८०, ६:२८ .मङ्लबार
0
0
0
SHARES
89
VIEWS
Share on FacebookShare on Twitter

झापा, २३ साउन । विवादास्पद अभिव्यक्ति दिएर सामाजिक सद्भाव बिगार्न खोज्ने अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै झापाका तामाङ र मगर समुदायका अगुवाहरुले झापाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल मार्फत उनीहरुले गृहमन्त्री नारायण काजी श्रेष्ठलाई ध्यानाकर्षण गराएका हुन् ।

सोमबार जिल्ला प्रशासन कार्यलय चन्द्रगढी झापा पुगेका तामाङ र मगर समुदायका अगुवाहरुले प्रमुख जिल्ला अधिकारी पोखरेललाई ज्ञापनपत्र बुझाएका थिए ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्यव समितिका अध्यक्ष जगत तामाङ र नेपाल मगर संघका जिल्ला अध्यक्ष विकास थापा मगरले सो ज्ञापनपत्र हस्तनान्तरण गरेका थिए । नेपाल तामाङ घेदुङ जिल्ला समन्यव समितिका सचिव मानबहादुर तामाङले सो ज्ञापनपत्र वाचन गरेका थिए ।

ज्ञापनपत्रमा शान्तिपुर्ण आन्दोलनका क्रममा कानुन विपरीत पक्राउ गरि हिरासतमा लिएर चरम यातना दिने प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्की र अधिवक्ता भगवती पाण्डेलाई तत्काल कारवाही गर्न माग गरिएको छ ।

पक्राउ पुर्जी जारी भएर पनि उन्मुक्ति दिन खोजिएको भन्दै नेपाल तामाङ घेदुङ र नेपाल मगर संघको समन्वयमा गत साउन १७ गते टेकु प्रहरी परिसर काठमाडौंमा आयोजित धर्नामा प्रहरीले अनावश्यक बल प्रयोग गरी तीन दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएको थियो ।

उक्त घटनाको घोर भत्र्सना गर्दै ज्ञापन पत्रमा घाइतेहरुको उपचार गर्न र उचित क्षतिपूर्ती दिन समेत गृहमन्त्री समक्ष माग गरिएको छ ।

ज्ञापनपत्र बुझाएपछि चन्द्रगढीमा कोणसभाको आयोजना गरिएको थियो । कोणसभामा नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य पदमबहादुर तामाङ (देवराज), प्रदेश मुख्यसचिव तिलक पाख्रिन तामाङ, प्रदेश सदस्य जसकुमार तामाङ, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति अध्यक्ष जगत तामाङ, नेपाल मगर संघका जिल्ला अध्यक्ष विकास थापा मगर, नेपाल तामाङ घेदुङ जिल्ला उपाध्यक्ष जसमाया तामाङ, नेपाल तामाङ बिद्यार्थी घेदुङका संघीय सचिव हैकम राज घिसिङ, नेपाल तामाङ घेदुङ भद्रपुर नगर अध्यक्ष बसन्त तामाङ लगायतले सम्बोधन गरेका थिए ।

आन्दोलनरत पक्षले सोमबार झापासहित ७७ वटै जिल्लामा विरोध प्रर्दशन गरेको थियो ।

पछिल्लो समाचार

नागदेवीको ४९ धारामा धार्मिक मेला हुने

अघिल्लो समाचार

एमाले झापा : १९ हजार ५६७ को सदस्यता नविकरण

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.