मेचीनगर, २२ साउन । धार्मिक तथा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले मेचीनगरमा मनसा नागदेवी ४९ धारा तथा हिले सिमसार क्षेत्रमा धार्मिक मेलाको आयोजना गरिने भएको छ ।
नाग पञ्चमीको अवसरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने आयोजक समितिले सोमबार पत्रकारसँगको कुराकानीमा जानकारी दिएका छन् ।
स्थानीय क्षेत्रमा प्रकट भएको ऐतिहासिक भूमीलाई विकास गर्दैै धार्मिक क्षेत्रको गौरव र गन्तव्य स्थलको रुपमा देशविदेशमा परिचित गराउने उद्देश्य लिएर कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष महेन्द्र मल्लले बताए ।
मनसा नागदेवी ४९ धारा व्यवस्थापन समितिको आयोजनामा भदौ २ गतेदेखि ४ गतेसम्म सांस्कृतिक, धार्मिक तथा पराम्परागत लगायतका विविध कार्यक्रम गरिने मल्लको भनाई छ । कार्यक्रमका लागि विभिन्न उपसमिति बनाएर जिम्मेवारी दिइएको छ ।
कार्यक्रम अन्तरगत पहिलो दिन विभिन्न विद्यालयका विद्यार्थीहरुबाट सांस्कृतिक कला प्रर्दशनी गर्ने कार्यक्रम तय गरिएको छ । दोस्रो दिन राष्ट्रियस्तरका ख्यातीप्राप्त कलाकारको प्रस्तुति रहने छ भने तेस्रो दिन धार्मिक मेला र भजन किर्तन प्रतियोगिताको तयारी गरेको छ । युवा पण्डित प्रशान्त न्यौपानेको मुखारविन्दबाट अध्यात्मिक कथा प्रवचन हुनेछ ।
मनसा नागदेवीको मन्दिरसँगै ४९ वटा धारा निर्माण गरिएको छ । धर्मसँगै पर्यटन प्रर्वद्धन गर्ने दिर्घकालिन गौरवको योजना ल्याएको जग्गादाता एवम् पूर्व जनप्रतिनिधि डिकेन्द्र थापाले बताए ।
नयाँ पुस्तालाई इतिहासबारे जानकारी गराउँदै ‘संरक्षणमा जुट्नुपर्छ’ भन्ने भावनाको विकास गर्न पर्यटकीय स्थलालाई मेचीनगरकै नमुना बनाउने उद्देश्य रहेको मेचीनगर–१ का वडाध्यक्ष रामकुमार राईले बताए । धार्मिक विश्वासका हिसावले लोकप्रिय तथा रमणीय बन्दै गएको यस क्षेत्र मेचीनगर–१ को पूर्वी दक्षिणी क्षेत्रमा पर्दछ ।
Discussion about this post