मेचीनगर, २७ साउन । रोटरी क्लब अफ काँकरभिट्टाले बाहुनडाँगीमा आयोजना गरेको निःशुल्क आँखा जाँच शिविरमा १८७ जना विरामीले सेवा लिएका छन् ।
आज मेचीनगर–४ को वडा कार्यालय परिसरमा रोटरीले निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको हो ।
सो शिविरमा १८७ जना विरामी मध्ये १८ जनालाई तत्काल मोतिया विन्दुको शल्यक्रिया गर्नुपर्ने भएको छ । शिविरमा ४५ जनालाई निःशुल्क चश्मा र १०६ जना विरामीलाई औषधि वितरण गरिएको काँकरभिट्टा आई केयर सेन्टरका प्राविधिकले जनाएको छ ।
शिविरको उद्घाटन कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि सांसद तामाङ, मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की लगायतले स्वास्थ्य क्षेत्रमा काम गर्न सबैलाई आग्रह गरेका थिए ।
शिविरमा प्राविधिक सहयोग काँकरभिट्टा आईकेयर सेन्टर, रोट्रयाक र वडा कार्यालयको सहयोग रहेको थियो । काँकरभिट्टा आईकेयर सेन्टरका डाक्टर रोशन थापाको नेतृत्वको टोलीले शिविरमा आँखाका विरामीहरुलाई सेवा प्रदान गरेका थिए ।
रोटरी काँकरभिट्टाका अध्यक्ष रुद्र मैनालीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको स्वागत उपाध्यक्ष कृष्ण पौडेलले र सञ्चालन सचिव भगिरथ राईले गरेका थिए । विहान १० वजेदेखि सुरु भएको शिविर साँझ ५ वजेसम्म सञ्चालन भएको थियो ।




Discussion about this post