मेचीनगर, २७ साउन । ‘दृष्टि जोगाऔँ अन्धोपन घटाऔँ’ भन्ने मुल नाराका साथ आज भृकुटीमा मेची उद्योग बाणिज्य संघको आयोजनामा एकदिवशीय निःशुल्क आँखा शिविर तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ ।
बाणिज्य संघले मेचीनगर–२ को वडा कार्यालय परिसरमा आयोजना गरेको आँखा शिविर तथा औषधि वितरण कार्यक्रममा करिव ३१५ जना आँखाका विरामीले सेवा लिएका थिए ।
विहान ९ वजेदेखि सुरु भएको शिविर दिउसो ४ वजेसम्म सञ्चालन गरिएको थियो । शिविरमा मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोग र वडा कार्यालयले समन्वय गरेको थियो ।
शिविरमा ६ वर्षका बालबालिकादेखि ८६ वर्षका वृद्ववृद्वाहरुले समेत सो सेवा लिएको बाणिज्य संघका कार्यकारी प्रमुख गोपाल वस्नेतले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको टिम, वडाध्यक्ष दिपक बराल लगायतको उपस्थिति रहेको थियो ।
शिविरमा १५ हजार बराबरको औषधि निःशुल्क वितरण गरिएको वस्नेतले बताए ।





Discussion about this post