मेचीनगर, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा चारआली स्थित प्रतिभा युवा क्लबले शनिबार ‘ट्राफिक सचेतना तथा दुर्घटना न्यूनिकरण अभियान’ सम्पन्न भएको छ ।
स्थानीय राजनीतिक दलका प्रतिनिधि, ट्राफिक प्रहरी, प्रहरी चौकी चारआली, टोल विकास समितिका पदाधिकारी, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको अगुवाईमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि काेशी प्रदेश सभा सदस्य सबिना बजगार्ईंले पूर्वको चौबाटो निकासको केन्द्रको रुपमा रहेको चारआली बजारलाई व्यवस्थित गर्नसके सवारी दुर्घटना न्यूनिकरण हुने बताइन् ।
त्यसका लागि स्थानीय राजनीतिक दल, संघ-संस्था, नागरिक समाज लगायत सबै लागि आवश्यक रहेको उनको भनाईं थियो ।
कार्यक्रमका प्रमुख अतिथि सांसद बजगाई, ट्राफिक प्रहरी पोष्ट चारआलीका प्रमुख जनक तिम्सिना, शिवशक्ति टोल विकास समितिका अध्यक्ष बद्री महत, क्लबका संस्थापक अध्यक्ष शरद शिवाकोटी लगायतले ट्राफिक नियम पालना गरी सवारी साधान चलाए सवारीमा क्षति र अकालमै ज्यान गुमाउनबाट बच्न सकिने धारणा राखेका थिए ।
क्लवका अध्यक्ष अजय आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भोजराज पराजुलीले गरेका थिए ।
कार्यक्रमअन्तरगत दुर्घटना न्यूनिकरण गर्न चेतनामुलक ट्राफिक नियमसँग सम्बन्धीत पर्चा, पम्प्लेट, ब्रुसर र स्टिकर बाटोको किनारमा तथा सार्वजनिक सवारी साधानमा टाँस गरिएको थियो ।
Discussion about this post