झापा, ३० साउन । मन्त्रीपरिषद्ले भूउपयोग नियमावली संशोधन पारित गर्दै जग्गाको कित्ताकाट खुलाएको छ ।
मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले नियमावली संशोधनको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
नियमावली संशोधनपछि अब सरकारले स्थानीय तहबाट जग्गाको वर्गीकरण नभए पनि कित्ताकाट गर्ने बाटो खुल्ने भएको हो ।
‘अब पुरानै अवस्थामा कित्ताकाट खुलेको छ,’ एक मन्त्रीले बताए । जग्गाको कित्ताकाट रोकिएका कारण मुलुकको आर्थिक गतिविधि नै सुस्त भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै कित्ताकाट खोल्ने तयारी गरेका थिए ।
Discussion about this post