बिर्तामोड, ३१ साउन । डाक्टरको लापरवाहीका कारण स्वास्थ्य अवस्था गम्भिर भएकी बिर्तामोड-१ की सुत्केरी सिर्जना संग्रौलाको मृत्युु भएको छ ।
सुत्केरी संग्रौलाको उपचारका क्रममा बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो ।
उनकाे उक्त अस्पतालकाे भेन्टिलेटरमा उपचार भइरहेकाे थियोे ।
यहि साउन २७ गते मनमोहन मेमाेरियल सामुदायिक अस्पताल बिर्तामोडमा उपचारका लागि भर्ना भएकी सुत्केरी संग्रौलाको डाक्टर एकराज गौतमले शल्यक्रिया गरेका थिए ।
सुत्केरी बेथा लागेर अस्पताल भर्ना भएकी संग्रौलाको शल्यक्रिया डाक्टर गौतमले गरेका थिए ।
शल्यक्रियापछि अवस्था असहज बनेपछि अस्पतालमा तनाब उत्पन्न भएको थियो । पीडित परिवारले चिकित्सकको लापरवाहीका कारण संग्रौलाको अवस्था गम्भिर भएको भन्दै अस्पतालमा नारावाजी र ताेडफाेड गरेका थिए ।
अस्पतालमा तनाब भएपछि सयौं प्रहरी त्यहाँ तैनाथ गरिएको थियो । संग्रौलालाई थप उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो ।
अस्पतालको भेन्टिलेटरमा गम्भिर अवस्थामा उपचार भइरहेको समयमा आज दिउँसो १ बजे संग्राैलालाई चिकित्सकले मृत घोषणा गरेको पीडितका आफन्तले बताएका छन् ।
साेमबार र मंगलबार मनमोहन अस्पताल र पीडित परिवारबीच भएकाे छलफलमा पीडित परिवारलाई अस्पतालले ३५ लाख रुपैयाँ दिने सहमति भएको थियो ।
पीडित परिवारलाई राहतस्वरुप २० लाख र नवजात शिशुको शिक्षा तथा स्वास्थ्य उपचारका लागि १५ लाख गरि ३५ लाख दिने सहमति भएपछि विवाद साम्य भएकाे थियाे ।
सुत्केरी सिर्जनाकाे मृत्यु हुनुअघि अस्पतालसँग कसरी लेनदेनकाे विषयमा छलफल भयाे । कसरी सहमति भयाे भन्ने विषयमा आम नागरिककाे चासाे रहेकाे थियोे ।
Discussion about this post