मेचीनगर, ३१ साउन । यहाँको एउटा सरकारी बैँकले नागरिकहरुलाई बिना धितो कर्जा लगानी गर्ने भएको छ ।
नेपाल बैंक लिमिटेड काँकरभिट्टा शाखाले मेचीनगर–८ स्थित आदर्श माध्यमिक विद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीहरुलाई बिना धितो कर्जा लगानी गर्ने भएको हो ।
स्थायी शिक्षक तथा कर्मचारीलाई बैंकवाट बिना धितो कर्जा प्रवाह गर्ने गरी बुधबार एक कार्यक्रमको आयोजना गरेर नेपाल बैंक र आदर्श माविबीच सम्झौता भएको छ । ओडी र ट्रम लोनमा ५ लाखदेखि अधिकतम १५ लाख सम्म कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।
बैंकबाट प्रवाह गरिने सेवाग्राही कर्जा लिने दिने विषयको उक्त सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फवाट काँकरभिट्टा शाखाका प्रवन्धक गोविन्दप्रसाद सुवेदी र आदर्श माविको तर्फबाट विद्यालयका प्रधानाध्यापक कृष्ण पुरीले संयुक्त रुपमा हस्ताक्षर गरे ।
कार्यक्रममा नेपाल बैंक काँकरभिट्टा शाखाका सहायक शाखा प्रवन्धक श्रद्धा साह, बैंकको कर्जा फाँंटका भानुभक्त ढुंगाना, विद्यालयका शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक पुरी र बैंकका कर्जा फाँटका कर्मचारी ढुंगानाले संयुक्त रुपमा गरेका थिए ।
Discussion about this post