झापा, ३१ साउन । नेकपा एमाले झापाले स्थानीय तहहरुलाई कर वृद्धि नगर्न अनुरोध गरेको छ ।
केन्द्र सरकारको कारण हरेक क्षेत्रमा दुःख पाइरहेका जनतालाई थप दुःख नदिन एमालेले अनुरोध गरेको हो ।
आज पार्टीको धारणा सार्वजनिक गर्दै नेकपा एमाले झापाले नागरिकको चरम असहमति समेत देखिएकाले तत्काललाई कर वृद्धि नगर्न आग्रह गरेको छ । ‘कर वृद्धि नगर्नु, वृद्धि गरिएको करमा पुनरावलोकन गर्नु’ एमालेले भनेको छ ।
पाँच बुँदे धारणा सार्वजनिक गर्दै एमालेले कोभिड महामारी र आर्थिक मन्दीबाट गुज्रिएका नागरिकलाई करले थप तनाव दिएको भन्दै त्यसलाई सच्याउन माग गरेको छ ।
केन्द्र सरकारले स्थानीय तहहरुमाथि ज्यादती गरिरहेको, संघीयताको भावना र मर्म अनुरुप काम गर्न समेत नदिएको बेला कर वृद्धि गर्नु पालिकाको बाध्यता भए पनि यो बेला उचित नभएको एमालेको धारणा छ ।
Discussion about this post