काँकरभिट्टा, ३२ साउन । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका क्षेत्रीय सभापति अर्जुन राईलाई पितृशोक परेको छ ।
उनका ७५ वर्षीय बुवा ललित राईको आज विहान ४ वजेर २० मिनेटमा धुलाबारी स्थित आम्दा मेची अस्पतालमा निधन भएको हो ।
मेचीनगर–६ स्थित लक्ष्मी टोल निवासी समाजसेवी राई मिग्रौला रोगबाट पीडित थिए । उनकी श्रीमति गीता राई तथा दुई जना छोराहरु नवराज र अर्जुन राई छन् । त्यस्तै एक जना छोरी दीपिका राई छिन् ।
कान्छा छोरा अर्जुन राई तरुण दलका क्षेत्रीय सभापति, नवयात्रा सुधार केन्द्रका संस्थापक अध्यक्ष, मेची सामुदायिक सेवा केन्द्रका सचिव समेत हुन् ।
समाजसेवी राईको आजै विहान ११ वजे टोक्ला चियाबगान छेउ जंगलको समाधिस्थलमा दाहासंस्कार गरिएको छ ।
समाजसेवी राईको निधनले गाउँनै शोकमग्न भएको छ । उनको शवयात्रामा सयौँ मलामीहरुको उपस्थिति रहेको थियो ।
शवयात्रामा नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वातिच सांसद विश्वप्रकाश शर्माको पनि उपस्थिति थियो ।
Discussion about this post