झापा, ४ भदौ । आज नागपञ्चमी पर्व ।
सोमबार नागपञ्चमी पर्व परम्परा अनुसार नागको पूजा गरी मनाइँँदै छ ।
यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा मलामास परेका कारण सौरमास अनुसार भदौमा यो पर्व परेको हो ।
नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिने विश्वास छ ।
साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
Discussion about this post