बुधवारे, ४ भदौ । मेची राजमार्ग सडक खण्डमा पश्चिमबाट पूर्व जाँदै गरेको स्कुलको बसले साइकल यात्रीलाई ठक्कर दिँदा आमा–छोरा घाइते भएका छन् भने छोरीको मृत्यु भएको छ ।
बुद्वशान्ति गाउँपालिका–३ स्थित प्रणामी मन्दीर छेउमा सोहि ठाउँको कर्णाली एजुकेशन फाउण्डेशनको मे १ क ८६० नम्बरको बसले आइतबार विहान ९ वजेर ४० मिनेटमा बुद्वशान्ति–१ का साइकल यात्रीलाई ठक्कर दिँदा ३५ वर्षीया रीता वस्नेत र उनका छोरा वर्ष ५ का सन्दीप वस्नेत र उनका ८ वर्षीया छोरी समिक्षा वस्नेत घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
८ वर्षीया बालिका समिक्षा वस्नेतको बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा आज (सोमबार) विहान ३ वजे मृत्यु भएको प्रहरीले बताएको छ ।
घाइते रीता र सन्दीपको अवस्था भने अहिले सामान्य रहेको छ । प्रहरीका अनुसार रीताले छोरा र छोरीलाई साइकलमा राखेर नजिकैको ज्वाती बोडिङ स्कुल लादै गर्दा कर्णाली स्कुलको बसले ठक्कर दिएको प्रहरीको भनाई छ ।
कर्णाली स्कुलको बस र चालक बुद्वशान्ति गाउँपालिका–१ का ३५ वर्षीय मदन घिमिरेलाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ ।
Discussion about this post