मेचीनगर, ४ भदौ । नेपाल क्रिकेट संघका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले विगतमा अन्तराष्ट्रिय क्षेत्रमा गुमेको साखलाई तीनवर्ष यता राष्ट्रिय क्रिकेट टिमले जोगाएको बताएका छन् ।
आज काँकरभिट्टा स्थित खानेपानी कार्यालयको सभाहलमा प्रादेशिक क्रिकेट संघ कोशी प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि अध्यक्ष चन्दले हारजित एकठाउँमा छ तर अन्तराष्ट्रिय खेलहरुमा राष्ट्रिय क्रिकेट टिमका महिला तथा पुरुष खेलाडीहरुले उच्च मनोबलका साथ सहभागिता जनाएको बताए ।
‘क्रिकेट संघमा जितेर मात्र केहि हुँदैन’, अध्यक्ष चन्दले भने–‘संघलाई राम्रो बनाउन सबै एकजुट भएर लाग्नु पर्छ । आत्मलोचनालाई सच्चाएर अघि बढ्नु पर्छ । अबको ४ वर्षमा क्रिकेटलाई एक लेवलमा पुर्याउछौँ ।’
कार्यक्रममा नेपाल उसु संघका कोशी प्रदेश अध्यक्ष कुमार आचार्यले खेलकुदमा विश्वमा चिनाएकै नेपाली क्रिकेट टिमले बताए । क्रिकेटमा भविश्य रहेको उनले बताए ।
कार्यक्रममा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको पनि उपस्तिथि रहेको छ ।
प्रादेशिक क्रिकेट संघ कोशी प्रदेशका अध्यक्ष मिङमा ल्यामु शेर्पाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको स्वागत उपाध्यक्ष नविन घिमिरेले र सञ्चालन सदस्य सचिन सुब्बाले गरेका थिए ।
बन्द सत्रमा विभिन्न एजेन्डाका मागसहित पारित भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । कोशीका ५ वटा जिल्ला झापा, मोरंग, सुनसरी, उदयपुर र ईलाम संघका सदस्यहरु सहभागी छन् ।
Discussion about this post