काँकरभिट्टा, ६ भदौ । ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाको आवाससहितको कार्यालय भवन बन्ने भएको छ ।
आज मेचीनगर–६, काँकरभिट्टाको पुरानो भन्सारमा अर्थ मन्त्रालयको स्वमित्वमा रहेको करिव २ कठ्ठा जग्गामा बन्न लागेको भवनका लागि शिलान्यास गरिएको हो ।
सो भवन निर्माण समितिका अध्यक्ष एवम् मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेलले शिलान्यास गरेका थिए ।
केन्द्रको संयोजनमा निर्माण हुन लागेको उक्त कार्यालय भवन निर्माणका लागि १५ लाख खर्च लाग्ने छ ।
भवन निर्माण समितिका अध्यक्ष पौडेलले निर्माण कार्यलाई समयमा नै सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाका प्रहरी नायव निरीक्षक लीलाकुमार श्रेष्ठले भवन निर्माणसँगै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने दावी गरे ।
कार्यक्रममा निर्माण समितिका सल्लाहकार समाजसेवी सुभ्रदा भट्टराई अर्याल, उपाध्यक्ष खडानन्द भण्डारी, सदस्य सचिव सई लीलाकुमार श्रेष्ठ, आर्थिक संयोजक सुवास गुरुङ, सदस्य विष्णुकुमार श्रेष्ठ, केशव गिरी, मीरा कार्की, सुरेशकुमार श्रेष्ठ (गोपाल), मोहन रिजाल, दिनेश पोखरेल, प्रविण थापा, सञ्जय तामाङ, होम विष्ट, हवल्दार प्रकाश अधिकारी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
Discussion about this post