७ माघ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

१३ बुँदे निर्णय

उपप्रमुख र उपाध्यक्षहरुको समन्वय संयोजकमा रेगिना

भदौ ९, २०८०, १:२६ .शनिबार
0
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

इलाम, ९ भदौ । झापा जिल्लाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको बैठक तथा सिकाइ आदानप्रदान विभिन्न १३ बुँदे निर्णय गर्दै शनिबार इलामको सूर्योदय नगरपालिकाको हर्कटेमा सम्पन्न भएको छ ।

समन्वय समितिका संयोजक बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको अध्यक्षता, रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वो (सुवास)को प्रमुख आतिथ्य तथा उपाध्यक्ष विष्णुमाया खवासको विशेष आतिथ्यमा भएको बैठकमा पालिकाकाबीच सिकाइ आदानप्रदान गरिएको थियो ।

वैठक शुक्रवार शुरु भएको थियो । समितिले पालिकाले बनाउनुपर्ने नीति–कानून, उपप्रमुख–उपाध्यक्षहरुको अधिकारमाथि भएको हस्तक्षेप, पालिकाबीचको समन्वय, साझेदारी, स्थानीय उत्पादनको प्रबद्र्धन लगायतका विषयमा निर्णय गरेको हो । वैठकमा सबै पालिका उपप्रमुख र उपाध्यक्षहरुले आफ्नो पालिकाका उपलब्धि, असल अभ्यासबारे रिपोर्टिङ गर्नुका साथै समस्याहरु खुलेर बताएका थिए ।
समितिमा १५ वटै पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरु सदस्य रहेका छन् । वैठकको संयोजन संवाद समूह झापाले गरेको थियो ।

समितिले अन्तर जिल्ला पालिकावीच पनि सिकाइ आदान प्रदानको अवसर लिएको छ । यस क्रममा रोङ गाउँपालिकामा भएका असल अभ्यासबारे जानकारी लिनुका साथै झापाका पालिका उपप्रमुख र उपाध्यक्षहरुले त्यहाँको गुन्द्रुक तथा सिस्नो प्रशोधन उद्योगको अवलोकन गरेका थिए ।

यस्ता छन् समन्वय समितिका निर्णय

नागरिकको मौलिक हकको रुपमा रहेको स्वास्थ्य अधिकार ग्यारेन्टी गर्न स्वास्थ्य नीति–कानून बनाउन बाँकी पालिकामा उक्त नीति–कानून बनाउने, बनिसकेका पालिकामा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, कानून बनाउँदा आधारभूत विषयमा एकरुपता कायम गर्ने समितिले निर्णय गरेको छ । क्लिनिकल हेल्थसँगै पब्लिक हेल्थलाई समेत उत्तिकै प्राथमिकता दिएर कार्यक्रम लागू गर्ने निर्णय समितिले गरेको छ ।

शिक्षा नीति–कानून बनाउन बाँकी पालिकाले बनाउने, बनाएकाले कार्यान्वयनमा लैजाने निर्णय समितिले गरेको छ । शिक्षाका आधारभूत विषयमा जिल्लाभरी एक रुपता कायम हुने गरी शिक्षा सम्बन्धी कानून बनाउने समितिको निर्णय छ । शिक्षालाई प्रविधिमैत्री बनाउने, शिक्षकले अनिवार्य प्रविधिको ज्ञान हासिल गर्ने र त्यसको आवश्यक व्यवस्था मिलाउने निर्णय समितिले गरेको छ ।

पछिल्लो समय शिवसताक्षी नगरपालिकाका प्रमुख र कमल गाउँपालिकाका अध्यक्षबाट कानूनी व्यवस्था लत्याउँदै उपप्रमुख–उपाध्यक्षले पाउनुपर्ने कार्यवाहकको जिम्मेवारी उहाँहरुलाई नदिई वडाध्यक्षलाई दिइएको घटनाप्रति समन्वय समितिले ध्यानाकर्षण भएको जनाएको छ । कानूनले प्रत्याभूत गरेका उपप्रमुख–उपाध्यक्षहरुको अधिकारमाथि हस्तक्षेप नगर्न, कुण्ठित नगर्न र विगतका कमजोरी नदोहो¥याउन सबै पालिका प्रमुख–अध्यक्षहरुलाई उक्त समन्वय समितिले अपिल गरेको छ ।

सीमित स्रोत तथा उपलब्ध जनशक्तिबाट प्रभावकारी काम गर्न, पालिकाबीचको अन्तर सम्वन्ध घनिष्ट रुपमा अघि बढाउन पालिकाहरुबीच साझेदारीमा सञ्चालन गर्न सकिने काम तथा कार्यक्रमको पहिचान गरी कार्यान्वयन गर्ने समितिले निर्णय गरेको छ । फोहोर व्यवस्थापन, नदी तटबन्ध, हात्ती समस्या, बारुणयन्त्र, शववहान, एम्बुलेन्स, सर्पदंश उपचार केन्द्र, मेची प्रादेशिक अस्पतालको राम्रो व्यवस्थापनमा साझेदारी र सामुहिक जिम्मेवारी लिने समितिले निर्णय गरेको छ ।

त्यस्तै भारतबाट भित्रिने खान अयोग्य माछा, विषाधियुक्त तरकारीलाई विस्थापित गर्ने, लागूऔषध दुव्र्यसनीविरुद्ध अभियान सञ्चालन गर्ने, सूर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाउन सबै पालिकाहरुले आवश्यक निर्णय लिएर अघि बढ्नुपर्नेमा समितिले जोड दिएको छ । सडक मानव बालबालिकालाई सामुहिक रुपमा उद्धार कार्यमा ध्यान दिने, उद्धार गरिएका मानवलाई राखिँदै आएको मानव सेवा आश्रमलाई थप व्यवस्थित गर्न सहयोग गर्ने समितिले निर्णय गरेको छ ।

स्थानीय उत्पादनको विकास, विस्तार, बृद्धि, प्रबद्र्धन, ब्रान्डिङ तथा बजारीकरणका लागि आवश्यक नीति कार्यक्रम बनाएर अघि बढ्ने निर्णय समितिले लिएको छ । तोरी, फापर, मकै, गहुँ लगायतका कृषिजन्य उत्पादनको ‘जोन’को विकास र प्रबद्र्धन गर्ने, जग्गा बाँझो राख्ने नीति अवलम्बन गर्ने समितिले निर्णय गरेको छ ।

कम लागतमा हुने नगदे बाली विस्तार गरी नागरिकको आय–आर्जन बृद्धि गर्न पािलकामा सुपारी, नरिबल, सजिवन, तरुल, बाँसको तामा लगायतको उत्पादनमा बृद्धि गर्न ती प्रजातिका विरुवा रोप्ने कार्यक्रम अभियानको रुपमा सञ्चालन गर्न सबै पालिकालाई आग्रह गर्ने समितिले निर्णय गरेको छ ।

प्रत्येक पालिकाका प्रमुख–अध्यक्ष, उपप्रमुख–उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुखबीचमा ३÷३ महिनामा आपसी समस्या समाधान र अन्तरसम्बन्ध बृद्धिका लागि संयुक्त समन्वय बैठक बस्ने समितिले निर्णय गरेको छ । पहिलो बैठकको संयोजन र व्यवस्थापन बिर्तामोड नगरपालिकाले गर्ने भएको छ ।

उपप्रमुख–उपाध्यक्षहरुको कार्यसम्पादन प्रभावकारी बनाउन अत्यावश्यक विषयको ज्ञानसिप तथा समस्या समाधानका लागि साझा विषय पहिचान गरी विज्ञको सहजीकरणमा प्रशिक्षण–कार्यशाला सञ्चालन गर्ने समितिले निर्णय गरेको छ । पहिलो चरणमा झापा र इलामका पालिका उपप्रमुख–उपाध्यक्षहरुका लागि विकास निर्माणका काममा गुणस्तर र अनुगमन विषयमा प्रशिक्षण सञ्चालन गर्ने सोको व्यवस्थापनका लागि रोङ गाउँपालिकालाई अनुरोध गर्ने समितिले निर्णय गरेको छ ।

झापाका पालिकाका उपप्रमुख–उपाध्यक्षहरुको समन्वय समितिले गरेका निर्णय कार्यान्वयनका लागि जिल्लाका सबै पालिका प्रमुख–अध्यक्ष र कार्यपालिकालाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।

संयोजकमा रेगिना भट्टराई

झापा जिल्लाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको बैठकले आगामी समयका लागि दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईंलाई संयोजकमा सर्वसम्मत चयन गरेको छ । निवर्तमान संयोजक नगेन्द्रप्रसाद संग्रौलाले नयाँ संयोजक भट्टराईलाई माइन्युटका साथ जिम्मेवारी हस्तान्तरण गरे ।

मेचीनगर नगरपालिका उपप्रमुख तथा समितिकी प्रथम संयोजक मीना पोखरेल उप्रेती, बिर्तामोड नगरपालिकाका उपप्रमुख तथा समितिका निवर्तमान संयोजक नगेन्द्रप्रसाद संग्रौला, उपप्रमुखहरु कनकाई नगरपालिकाकी आशा शर्मा शिवाकोटी, भद्रपुर नगरपालिकाकी राधा कार्की, गौरादह नगरपालिकाकी जलवर्षा राजवंशी, अर्जुनधारा नगरपालिकाकी खड्गमाया पराजुली र शिवसताक्षी नगरपालिकाकी नरमाया कार्की सञ्जालको सदस्य छन् ।

त्यस्तै सञ्जालको सदस्य रहेका गाउँपालिका उपाध्यक्षहरुमा बुद्धशान्ति गाउँपालिकाका भवानीप्रसाद खतिवडा, कचनकवल गाउँपालिकाका नवराज भट्टराई, झापा गाउँपालिकाकी अञ्जु थपलिया, कमल गाउँपालिकाकी प्रमिला न्यौपाने, बाह्रदशी गाउँपालिकाकी शान्तादेवी शिवाकोटी खरेल, गौरीगञ्ज गाउँपालिकाकी पुजन न्यौपाने कुँवर र हल्दिवारी गाउँपालिकाकी लक्ष्मी मैनाली रहेका छन् । समितिको आगामी वैठक आवासीय रुपमा धनुकटाको भेडेटारमा गर्ने समितिले निर्णय गरेको छ ।

नियमित वैठकमा पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरुले भोगिरहेका चुनौति र समस्या तथा तिनका समाधानका लागि निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा छलफल हुँदै आएको छ । यस्तो अभ्यासले कार्यसम्पादन प्रभावकारी रुपमा सम्पन्न गर्न सहज हुँदै आएको बताइएको छ ।

 

पछिल्लो समाचार

माओवादी डाक्टर लिएर छिरे चिया वगान

अघिल्लो समाचार

टी–२० सिरिज : नेपालले जित्यो उपाधि

Related Posts

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार
ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा
banner

ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा

माघ ५, २०८२, ११:४९ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.