मेचीनगर, ९ भदौ । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले कृषि वस्तुको आयातलाई निरुत्साहित गरी आन्तरिक उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।
शनिबार मेचीनगर–५ नम्बर वडा कार्यालयद्वारा आयोजना गरिएको धानबालीको रोग, किरा तथा तरकारी खेती सम्बन्धी एकदिवसिय तालिममा प्रमुख अतिथिका रुपमा बोल्दै मेयर बुढाथोकीले कृषि वस्तुको आयातलाई निरुत्साहित गरी आन्तरिक उत्पादनमा जोड दिर्नु पर्ने बताए ।
मेयर बुढाथोकीले कृषि योग्य जमिन प्रशस्तै हुँदाहुँदै पनि खेत बाजै राख्दा आवश्यक तरकारी, खाद्यान्न लगायतका कृषि सामाग्री बाहिरबाट आयात गर्नु पर्ने बाध्यता बढ्दै गइरहेको बताउँदै त्यसलाई निरुत्साहित गरी आफ्नो स्रोत र साधानको भरपुर प्रयोग गरेर कृषिमा आत्मानिर्भर बन्न आग्रह गरे ।
उनले पछिल्लो समय बिसानको कृषितर्फ आकर्षण घट्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले नगरपालिकाले पनि कृषि क्षेत्र र किसानहरुलाई उत्पादन प्रोत्साहनका कार्यक्रमहरु अगाडी बढाउने तयारी गरिरहेको दावी गरे ।
मेचीनगर–५ का वडाध्यक्ष कनकबहादुर कार्कीको अध्यक्षतामा आयोजित तालिममा सहकारी अभियन्ता रामचन्द्र उप्रेती, वडा सदस्य मनकुमार लिम्बु, पुष्पकुमार गेलाल, सीमा प्रहरी चौकी नकलबन्दाका प्रमुख सई नरबहादुर खड्का, पूर्व जनप्रतिनिधि मेघराज गेलाल लगायतको आतिथ्यता रहेको थियो ।
नकलबन्दा सामुदायिक भवनमा ‘मेरो करेसावारी मेरो भान्साको लागि तरकारी’ भन्ने मुल नाराका साथ आयोजना गरिएको तालिममा वडा नम्बर ५ का विभिन्न टोल तथा कृषक समुहका किसानहरुको सहभागिता रहेको थियो ।
तालिममा सहभागीलाई कृषि प्राविधिक टेकेबहादुर पौडेल र मेचीनगर कृषि शाखा प्रमुख टेकेन्द्र श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
मेचीनगर–५ नम्बर वडा कार्यालयको आयोजना तथा वडास्तरीय मुल कृषक समितिको सहआयोजना रहेको कार्यक्रमको स्वागत सहआयोजक समितिका संयोजक मनीकुमार आचार्यले गरेका थिए । कार्यक्रमको सञ्चालन कार्यापालिका सदस्य माया प्याकुरेलले गरेकी थिइन् ।
Discussion about this post