४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कविशिराेमणिमा अविभावकले मागे प्रअको राजीनामा

भदौ १५, २०८०, ८:४६ .शुक्रबार
0
0
0
SHARES
229
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १५ भदौ । मेचीनगर-९ स्थित कविशिरोमणि माविमा अभिभावकहरूले ज्ञापन पत्र बुझाएका छन् ।

१० वटा माग राख्दै विद्यालय पुगेका अविभावक तथा सरोकारवालाहरुले विगतमा शैक्षिक गुणस्तरकै कारण अब्बल रुपमा स्थापित विद्यालय अहिले आएर राजनीति तथा चरम गुटबन्दीका कारण भद्रगोल बनेको दावी गर्दै आज ज्ञापन पत्र बुझाएका हुन् ।

‘विगतमा यस विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा परिचित छ । तर, केही बर्ष यता विद्यालयको प्रशासनिक कमजोरीका कारण विद्यालय भद्रगोल अवस्थामा पुगेको छ,’ ज्ञापन पत्रमा भनिएको छ ।

ज्ञापन पत्रमार्फत वर्तमान प्रधानाध्यापकले राजीनामा दिनुपर्ने माग समेत गरिएका छ । विद्यालयमा वर्तमान प्रधानाध्यापकका रुपमा कृष्णप्रसाद अधिकारी छन् । अविभावकहरुले यदि उक्त मागहरु सुनुवाइ नभए आगामी दिनमा सशक्त कदम चाल्न वाध्य हुने चेतावनी समेत दिएका छन् ।

विद्यालय परिसर पुगेको अविभावकहरुको टोलीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संंगीता थापालाई उक्त ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै अध्यक्ष थापाले अविभावकहरुले राखेको माग जायज भएको बताइन् । साथै उक्त मागप्रति गम्भीर भएर लाग्ने उनले बताइन् ।

दस वटा मागहरूमा विद्यालयका प्रधानाध्यापकका कारण शैक्षिक वातावराण धुमिल भएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने, आउँदो शैक्षिक सत्रबाट विद्यालय भर्ना अभियानलाई व्यापक बनाई विद्यार्थीको उत्कृष्ट शैक्षिक थलोको रुपमा विकास गर्नुपर्ने, विद्यालयको नियमित अनुगम गरिनुपर्ने, शिक्षक- कर्मचारीबीचमा देखिएको गुटबन्दी अन्त्य गरिनुपर्ने, विद्यालय प्रशासन र अभिभावकबीचकाे सहकार्यलाई सुमधुर बनाइनु पर्ने, कक्षा काेठामा माेवाइल प्रतिबन्ध गरिनु पर्ने, विद्यार्थीकाे शैक्षिक मुल्यांकन हरेक महिना सार्वजनिक गरिनु पर्छ,  साप्ताहिक टेष्ट अनिवार्य गरिनुपर्ने, कमजाेर विद्यार्थीका लागि अतिरिक्त कक्षा (काेचिङ) काे व्यवस्था गर्नु पर्ने र विद्यार्थी , शिक्षक र कर्मचारीले अनिवार्य पाेषाक लगाउनु पर्ने तथा अनुशासनमा वस्नु पर्ने रहेका छन् ।

विद्यालय प्रशासनको कमजोरीका कारण शिक्षकहरुबीच गुट-उपगुट हुँदा शैक्षिक गुणस्तर कमजोर देखिएकाले सुधारका निम्ती सरोकारवालाहरुले प्रयास गरेको  सञ्चारकर्मी समेत रहेका स्थानीय झुलन रेग्मीले बताए ।

पछिल्लो समाचार

विप्लव नेकपा : एमसीसीविरुद्ध आन्दोलनको घोषणा

अघिल्लो समाचार

काँकरभिट्टामा भाेलिदेखि इण्डो-नेपाल कराते प्रतियोगिता

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.