मेचीनगर, १५ भदाै । मेचीनगरमा नवाैँ इण्डो-नेपाल कराते प्रतियोगिता आयोजना हुने भएको छ ।
सितोरीयो कराते स्कुल डोजो मेचीनगरको आयोजनामा भोलिबाट इण्डो नेपाल कराते च्याम्पियनशिप प्रेसिडेन्ट कप आयोजना हुने भएको हो ।
प्रतियोगिता भदौ १६ र १७ गते काँकरभिट्टा स्थित टाउन हलमा आयोजना हुँदैछ । प्रतियोगितामा नेपाल र भारतका विभिन्न स्थानबाट खेलाडीहरु आउने भएका छन् ।
कार्यक्रम संयोजकका रुपमा अन्तराष्ट्रिय रेफ्री राजु महर्जन, रेफ्री संयोजकमा अन्तराष्ट्रिय रेफ्री चित्रबहादुर पुलामी छन् ।
कार्यक्रमका व्यवस्थापक बमबहादुर श्रेष्ठ (शम्भु) का अनुसार प्रतियोगिता आयोजनाका लागि १० देखि ११ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगिताका लागि अधिकांश खेलाडीहरु काँकरभिट्टा आइसकेका छन् भने केहि खेलाडीहरु आउने क्रममा रहेको श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार भारतको गुजरात, कलकत्ता, सिक्किम, बागडुग्रा लगायतका स्थानबाट खेलाडीहरु आइसकेका छन् ।
नेपालको पाँचथर, कटारी, विराटनगर, धरान लगायतका स्थानबाट खेलाडीहरु आउने क्रममा रहेकाे आयोजकले जनाएकाे छ ।
Discussion about this post