काँकरभिट्टा, भदौं १८ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काँकरभिट्टा बहुमुखी क्याम्पसको आयोजनामा जारी अन्तर क्याम्पस टी-१० क्रिकेट प्रतियोगिताको चौथो दिनको पहिलो खेलमा काँकरभिट्टा बहुमुखी क्याम्पस (ए) ले सिता-रमेश बहुमुखी क्याम्पसलाई ३५ रन तथा इन्द्रचन्द्र बहुमुखी क्याम्पसले गौरादह कृषि क्याम्पसलाई २६ रनले पराजित गरी क्वाटरफाइनलमा आ-आफनो स्थान सुरक्षीत गरेका छन्
चौथो दिनको पहिलो खेल अन्तरगत काँकरभिट्टा क्याम्पस (ए) ले टस हारेर पहिलो ब्याटिङ्ग गर्दै निर्धारित १० ओभरको खेलमा ६ विकेट गुमाउँदै १११ रनको योगफल तयार पारेको थियो ।
काँकरभिट्टा (ए) का लागि देवेन्द्र गिरीले ३५, आशिक राना मगरले २८, विकास डाँगीले १५, रिकुस साम्पाङले १५ रनको योगदान दिएका थिए । बलिङतर्फ सिता- रमेशका जेनिथ गड्तौलाले २, बिजयकुमार शाहले १, भास्कर खतिवडाले १, टेकेन्द्र कार्कीले १ विकेट लिएका थिए ।
११२ रनको विशाल लक्ष्य लिइ मैदानमा ओर्लेको सिता- रमेश बहुमुखी क्याम्पसले निर्धारित १० ओभरमा ७ विकेट गुमाइ ५२ रन मात्र जोडेकाे थियो ।
बलिङतर्फ काँकरभिट्टा क्याम्पस (ए) का लागि विकास डाँगीले २, रिकुस साम्पाले १, कृष्ण राजवंशीले १, सुरज राजवंशीले १ विकेट लिएका थिए ।
३५ रनको शानदार जितपछि काँकरभिट्टा बहुमुखी क्याम्पस (ए) का कप्तान संगम बराले अगामी खेलहरुमा उत्कृष्ट प्रर्दशन गर्दै फाइनल जित्ने दावी गरेका छन् । खेलको प्लेयर अफ द म्याच काँकरभिट्टा बहुमुखी क्याम्पस (ए) का विकास डाँगी घोषित भएका थिए ।
सोमबार नै सम्पन्न दोश्रो खेलमा इन्द्रचन्द्र बहुमुखी क्याम्पसले टस हारेर पहिलो ब्याटिङ गर्दै निर्धारित १० ओभरको खेलमा ६ विकेट गुमाइ ७७ रनको योगफल तयार पारेकाे थियो । इन्द्रचन्द्र क्याम्पसका लागि कमल कार्कीले ४८ रन वाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । बलिङतर्फ गौरादह क्याम्पसका जय चौधरीले ३, राजु दाहाल र विक्रमकुमार तिवारीले समान १-१ विकेट लिएका थिए ।
७८ रनको लक्ष्य लिई मैदानमा ओर्लेको गौरादह कृषि क्याम्पसले १० ओभर ७ विकेट गुमाइ ५१ रन मात्र जोडन सकेकाे थियो ।
गौरादहका लागि जय चौधरी १८ रन बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । बलिङतर्फ गौरादह कृषि क्याम्पसलाई पराजित गर्न इन्द्रचन्द्र क्याम्पसका मानस श्रेष्ठले २, विकास राजवंशीले २, दिपेश बोगटीले २, दिपु चौधरीले १ विकेट लिएका थिए ।
खेलको प्लेयर अफ द म्याच इन्द्रचन्द्र बहुमुखी क्याम्पसका कमल खत्री घोषित भएका थिए ।
प्रतियोगिता अन्तरगत मंगलबार पहिलो खेल गोमेन्द्र क्याम्पस र कोहेड क्याम्पस बीच हुने तथा दोश्रो खेल कनकाई बिर्तामोड क्याम्पस र हिमालयन बहुमुखी क्याम्पस बीच हुने आयोजकले जनाएको छ ।
Discussion about this post