मेचीनगर, १८ भदौ । नेकपा एमाले निकट युवा संघ नेपालको मेचीनगर अध्यक्षमा सुनिल राजबंशी निर्वाचित भएका छन् ।
सोमबार काँकरभिट्टामा भएको निर्वाचनमा उनले ८४ र उनका प्रतिष्पर्धी सुरेन लिम्बुले ६० मत प्राप्त गरेको निर्वाचन मण्डलका अध्यक्ष एवम् नेकपा एमालेका प्रदेश कमिटी सदस्य राजु कार्कीले बताए ।
उपाध्यक्षमा न्यूटन कार्की सर्वसम्मत चयन भएका छन् ।
सचिवमा राकेश खवास ८६ मत प्राप्त गरी निर्वाचित भएका छन् । सचिवमा अर्का प्रतिष्पर्धी विशाल गिरीले ५८ मत मात्र प्राप्त गरे ।
सहसचिवमा ९२ मत पाएर सञ्जय पोखरेल निर्वाचित भए भने उनका प्रतिष्पर्धी तेजेनलाल राजबंशीले ५२ मात प्राप्त गरेका थिए ।
संघको नगर समिति ४७ सदस्यीय रहेको छ । सदस्य पदमा सबै सर्वसम्मत भइसकेका छन् । निर्वाचनमा १५० जना मतदाता सहभागी थिए ।
Discussion about this post