मेचीनगर, १८ भदौ । बाहुनडाँगी जेसीजले लोक सांस्कृतिक नृत्यसहित विविध कार्यक्रम गरेर जेसीज सप्ताह मनाउने भएको छ ।
जेसीज सप्ताह मनाउनका लागि कार्यकारिणी उपाध्यक्ष सामुल रायाको मूल संयोजकत्वमा विभिन्न समिति समेत निर्माण गरेर जिम्मेवारी प्रदान गरिएको जेसीजका अध्यक्ष केवल निरौलाले बताए ।
उनले शनिवार प्रेस क्लव मेचीनगरको कार्यालयमा पत्रकार सम्मेलन गर्दै पाँच दिनमा आठवटा कार्यक्रम गरेर जेसीज सप्ताह मनाउने र सबै कार्यक्रमको तयारी पूरा भएको बताए ।
आगामी भदौ २० गते कृष्ण जन्म अष्टमीका दिन मेचीनगर–१ स्थित कृष्णथुम्की मन्दिरमा पानी वितरण गरेर उद्घाटन हुने जेसीस सप्ताह विभिन्न कार्यक्रम सम्पन्न गर्दै भदौ २६ गते हात्ती रिसोर्टमा समापन हुने अध्यक्ष निरौलाले बताए ।
उनले जेसीजले हरेक बर्ष सामाजिक क्षेत्रमा योगदान गर्दै जेसीज सप्ताह मनाउने गरेको बताए । जेसीजका उपाध्यक्ष एवम् कार्यक्रमका संयोजक रायाले सप्ताह भरी गरिने कार्यक्रमको तालिका प्रस्तुत गरेका थिए ।
उनका अनुसार २० गते उद्घाटन तथा कृष्ण थुम्कीमा पानी वितरण, २१ गते मेचीनगर–१ स्थित दीपेन्द्र प्राविमा शैक्षिक सामाग्री वितरण, २१ गतेनै एरिना फुटसल धुलाबारीमा मैत्रपूर्ण फुटसल खेल, २३ गते मेचीनगर–४ स्थित सामुदायिक हलमा मेचीनगर स्तरीय अन्तर मावि लोक सांस्कृतिक नृत्य प्रतियोगिता, २५ गते मेचीनगर–२ वडा कार्यालयमा पव्लिक स्पिकिङ तालिम सोहिदिन बलभद्र आधारभूत विधालयमा सर्पदंर्श उपचार सम्बन्धी तालिम त्यसपस्चात सोही दिन मेचीनगर–२ को वडा कार्यालयमा महिला नेतृत्व विकास तालिम सम्पन्न हुने छ ।
पत्रकार सम्मेलनमा बाहुनडाँगी जेसीसका पूर्व अध्यक्ष तथा मेचीनगर–२ का वडाध्यक्ष दीपक बरालको समेत उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलनको संयोजन प्रेस क्लव मेचीनगरका सचिव एवम् जेसीजकर्मी देबु बानियाँले गरेका थिए ।
Discussion about this post