झापा, १९ भदौ । नेपाल निजामती कर्मचारी युनियन झापाको ३३ औँ स्थापना दिवसमा पत्रकारसहित १८ जना समाजसेवीहरु सम्मानित भएका छन् ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यता तथा नेपाल निजामती कर्मचारी युनियन झापाका अध्यक्ष कविन्द्र विक्रम नेम्वाङको सभापतित्वमा कर्मचारी युनियनले स्थापना दिवसमा पत्रकारसहित १८ जना समाजसेवीहरु सम्मानित भएका हुन् ।
स्थापना दिवसमा पूर्बाञ्चल दैनिकका सहसम्पादक तथा नेपाल पत्रकार महासंघका कोशी प्रदेश सदस्य सुरेन्द्र भण्डारी सम्मानित भएका छन् । लामो समय पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका भण्डारीले पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा विशिष्ट योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको थियो ।
त्यस्तै मेची अभियानका संयोजक विजय डालमियाले सामाजिक क्षेत्रमा विशिष्ठ योगदान पु¥याएको भन्दै उनलाई समेत सम्मान गरिएको थियो । सम्मानित भण्डारी र डालमियालाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, विशिष्ठ अतिथि सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने, नेपाल निजामती कर्मचारी युनियन झापाका अध्यक्ष कविन्द्र विक्रम नेम्वाङले संयुक्त रुपमा सम्मान पत्र प्रदान गरेका थिए ।
यसैबीच नेपाल निजामती कर्मचारी युनियन झापाका पूर्व अध्यक्षहरु देवी घिमिरे, दिननाथ लम्साल, सहित १८ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा उत्कष्ट कर्मचारी दुई जना रहेका छन् । जसमा बिर्तामोड नगरपालिकाका कर्मचारी शोभादेवी दाहाल, वन रक्षक शिरिमणि गुरुङ छन् ।
त्यस्तै अवकास प्राप्त कर्मचारीहरु मेची प्रादेशिक अस्पतालका मेसु जयकुमार ठाकुर, दमक नगरपालिकाका शाखा अधिकृत जीवराज भट्टराई, मेचीनगर नगरपालिकाका कमलप्रसाद कोइराला, सिप विकास तथा तालिम केन्द्रका रमेश कोइराला, मेचीनगर नगरपालिकाका इन्द्रवहादुर थापा, सडक डिभिजन कार्यालय दमकका अम्विकादेवी अधिकारी, जिल्ला हुलाक कार्यलयका विष्णुप्रसाद अधिकारी, सुचित राजवंशी, मदन राजवंशी, यातायात कार्यालयका सुभासकुमार श्रेत्री, मेची भन्सार कार्यालयका महेशकुमार न्यौपाने, डिभिजन वन कार्यालयका युवराज दाहाल, अनमी मुनादेवी सापकोटालाई सम्मान गरिएको थियो ।
चन्द्रगढीमा आयोजित कार्यक्रममा निजामती कर्मचारीका हक, अधिकारलाई निजामती ऐनमा समेटिनु पर्ने सहभागी वक्ताहरुले जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि थेवेले कर्मचारीहरुको आचरणमा सुधार ल्याउनु पर्नेमा जोड दिए । उनले राष्ट्र सेवक कर्मचारीलाई राज्यले समान दृष्टिले नहेरेको बताउँदै अब बन्न लागेको निजामती कर्मचारी ऐनमा सबै कर्मचारीका हक, अधिकार सुनिश्चिता गरिने बताए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी न्यौपाने, मेची अञ्चल अस्पताल भद्रपुरका पूर्व मेडिकल सुपरिटेण्डेन्ट डा.जयकुमार ठाकुर, देवीप्रसाद सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन नेपाल निजामती कर्मचारी युनियन झापाका सचिव चन्द्रकुमार पौडेलले गरेका थिए ।
Discussion about this post