मेचीनगर, २० भदाै । मिस युनिभर्स नेपाल २०२३ काे फाइनल राउण्डमा मेचीनगरकी चेली अभिलाषा लम्साल पुगेकी छिन् ।
आज ईटाभट्टा स्थित प्रेस क्लव मेचीनगरकाे आयोजना अभिलाषाकी परिवारले पत्रकार सम्मेलन मार्फत साे जानकारी गराएकाे हाे ।
अभिलाषाकी बुबा अर्जुन लम्साल, उनकी सानिमा दिपा खरेल दाहाल र उनकी मामा देवेन्द्र खरेलले मिस युनिभर्स नेपाल प्रतियोगिताकाे शनिवार हुने फाइनल राउण्डमा अभिलाषा लम्साल पुगेकाे बताएका छन् ।
यस पटककाे प्रतियोगितामा विवाहित महिलालाई पनि सहभागी गराउने भएपछि अभिलाषा सहभागी भएको उनीहरूले बताएका छन् ।
२२ जना सहभागी मध्ये प्रतियाेगी १०३३ नम्बरकी उनी अहिले प्रतियोगिताकाे भाेटिङ मार्फत दाेस्राे स्थान हात पार्न सफल भएकाे परिवारकाे भनाई छ ।
अभिलाषाले प्रतियोगितामा मानव ओसार प्रसार र महिलाका लागि आत्मरक्षा तालिम लगायतका विषयमा विचार राखेकी थिइन् ।
उनकाे याे अरू भन्दा फरक विचारले प्रतियोगितामा उत्कृष्ट बन्ने सम्भावना रहेकाे परिवारकाे अनुमान छ ।
विगतमा साैन्दर्य प्रतियोगितालाई फेसनकाे रूपमा मात्र हेरिन्थ्याे । प्रतियोगिताका निर्णायकले साैन्दर्य प्रतियोगितालाई महिलाकाे शरीर र अंगलाई मात्र हेरेर निर्णय गरिन्थ्याे । तर, पछिल्लाे समय यसलाई परिमार्जीत गर्दै महिलाकाे साेच, विचार र ज्ञानलाई प्राथमिकता दिन थालिएकाे छ ।
अभिलाषामा पनि बाल्यकालदेखि नै त्यहि साेच बाेकेकी एक कुशल प्रतिभा भएकी महिला भएको उनका अभिभावक अर्जुन लम्सालकाे भनाई छ ।
‘प्रतियोगिता जित्न सबै भन्दाठुलाे कुरा भाेटिङ नै हाे`, दिपा दाहालले भनिन्- ´झापाका २ जना सहभागी मध्ये अभिलाषा मेचीनगरकी छाेरी हुन् । उनले जित्नु भनेकाे हामी सबैले जित्नु हाे । त्यसैले मिडिया मार्फत सबैले भाेट गरेर जिताउन आग्रह छ ।´
पत्रकार सम्मेलनमा अभिलाषाका बुबा अर्जुन लम्साल, दिपा दाहाल, पत्रकार अम्बिका भण्डारी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा अनुष दाहालले खल्ती एप डाउनलाेड गरेर इन्टरटेमेन्ट , मिस युनिभर्समा गएर भाेट गर्न सकिने बताए ।
एक भाेट १० रूपैयादेखि ३० हजारसम्म पर्नेछ भने एक भाेट नि:शुल्क गर्न पाइने उनकाे भनाई छ । भाेट गर्ने समय अब २ दिन २० घण्टा मात्र रहेकाे बताइएकाे छ ।
प्रेस क्लवका अध्यक्ष डम्बर बरालकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन देवेन्द्र खरेलले गरेका थिए ।
Discussion about this post