२५ मंसिर २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

नगरपालिकाप्रति पाँच दलकाे चिन्ता

भदौ २२, २०८०, १०:५६ .शुक्रबार
0
0
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २२ भदौ ।  यहाँका पाँच राजनीतिक दलका प्रमुखहरूले दुई जना वडाध्यक्षलाई साक्षी राखेर वेथितिहरू अन्त्य गर्न नगरपालिकालाई सचेत गराएका छन् ।

मेचीनगर नगरपालिकामा भ्रष्टाचार, बेथिति, विकृति र बेमेलको अवस्था सिर्जना भएको भन्दै नियन्त्रण गरेर सुशासन कायम गर्न नगरपालिकालाई दलहरूले सचेत गराएका हुन् ।

आज साे दलका प्रमुखहरूले नेपाली कांग्रेसकाे धुलाबारी स्थित क्षेत्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर त्यस विषयमा जानकारी गराएका छन् ।

पाँचै दलका तर्फबाट यस विषयमा संयुक्त प्रेस विज्ञप्ति समेत जारी भएको छ ।

विज्ञप्तिमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, नेकपा माओबादी केन्द्रका क्षेत्रीय संयोजक माधव अर्याल, जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ, नेकपा एकीकृत समाजबादीका क्षेत्रीय अध्यक्ष भाष्कर घिमिरे र राप्रपाका क्षेत्रीय उपाध्यक्ष विश्वराज पोखरेलले हस्ताक्षर गरका छन् ।

´विगत केही दिनदेखि मेचीनगर नगरपालिकाका गतिविधि सन्दर्भमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार र जनप्रतिनिधिहरु (वडाध्यक्ष) द्वारा भएको पत्रकार सम्मेलनमा व्यक्त प्रतिक्रियाहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

विगतदेखि श्रृंखलाबद्ध रुपमा अनियमितता, ढिलासुस्ती, जनप्रतिनिधि र कर्मचारीहरुबीचको अन्तरविरोध, कर्मचारीहरुबीचकै अन्तरविरोध लगायतका बेथिति समाधान गर्न नगरपालिकाको पटक-पटक ध्यानाकर्षण गराउँदा वेवास्ता गरिएको दलहरुकाे आरोप छ ।

दलहरुले नगरभित्र भइरहेको लापरवाही र बेथितिलाई टुलुटुलु हेरेर नबस्ने जनाउँदै नगर नेतृत्व समाधानतर्फ अग्रसर नभएमा जनभावनाको प्रतिनिधित्व गर्दै नगरपालिकाको गरिमा कायम राख्न आवश्यक पहल गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

पत्रकार सम्मेलनमा मेचीनगर-६ का वडाध्यक्ष ललितबहादुर तामाङ र १५ का वडाध्यक्ष राजन भट्टराईकाे सहभागिता रहेकाे थियाे ।

नगरमा कांग्रेसकाे ३ जना र माओवादीका एक जनासहित ४ जना वडाध्यक्ष छन् । नगरमा एमालेकाे वहुमत छ ।

पत्रकार सम्मेलनमा नेकपा एमाले क्षेत्रीय संयाेजक टिकाराम मंग्रातीकाे सहभागिता रहेकाे थियाे । उनले सर्वदलीय वैठककाे समर्थन गरेका थिए ।

पछिल्लो समाचार

निर्णय नसच्याए आन्दोलन गर्ने चौतारीको चेतावनी

अघिल्लो समाचार

कोशीमा मुख्यमन्त्री कार्कीले र मन्त्रीले लिए शपथ

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.