झापा, २२ भदौ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् ।
आज साँझ प्रदेश प्रमुख पर्शुराम खापुङबाट उनले मुख्यमन्त्री पदको शपथ लिएका हुन् ।
सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख खापुङले प्रदेश सभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् समेत गठन गरेका छन् ।
एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री बनेका छन् । उनीहरुले पनि शपथ लिएका छन् ।
त्यस्तै सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छिन् ।
Discussion about this post