मेचीनगर, २२ भदौ । इलामको रोङ गाउँपालिका–६, सलकपुर स्थित मोतीराम माविमा गिद्ध संरक्षण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
१५औँ अन्तराष्ट्रिय गिद्ध संरक्षण सप्ताह विशेष कार्यक्रम अन्तरगत आज सो विद्यालयमा गिद्ध संरक्षण सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो ।
‘गिद्धहरु प्राकृतिक कुचीकार हुन्, यिनीहरुको संरक्षण हामी सबैको दायित्व हो’ भन्ने मुल नाराका साथ सलकपुरको गोल्डन भ्याली सामुदायिक अध्ययन केन्द्र र झापा मेचीनगर–७ को मेची चरा तथा वन्यजन्तु संरक्षण समाजको आयोजनामा सप्ताहव्यापी सो कार्यक्रम गरिएको छ ।
रोङ गाउँपालिका–६ की वडा सदस्य फुलमाया तामाङको प्रमुख आतिथ्यतामा सप्ताहव्यापी कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा वन्यजन्तु अनुसनधान कर्ता सन्दीप लुईटेलले प्रकृतिमा गीद्दको महत्वको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, सरोकारवाला व्यक्तित्वहरुले प्रकृति पर्यावरण तथा गिद्ध संरक्षणका लागि दिगो व्यवस्थापनको खाँचो रहेको औलाएका थिए ।
३० वर्षअघिको र अहिले प्राकृतिक परविर्तनका विषयमा तुलानात्मक रुपमा विश्लेषण समेत गरिएको मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्रकुमार खरेलले जानकारी दिए ।
कार्यक्रममा मोतीराम मावि कक्षा–८, ९ र १० का विद्यार्थी, शिक्षक, अभिभावक, व्यवस्थापन समिति, प्रहरी–प्रशासन, प्रकृति प्रेमी, स्थानीय तथा समाजसेवीहरुको सहभागिता रहेको गोल्डन भ्याली सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष कुमार मोक्तानले बताए ।




Discussion about this post