झापा, २३ भदौ । होटल व्यवसायी संघ झापाको अध्यक्षमा पुनःइन्दिरा श्रेष्ठ सर्वसम्मत चयन भएकी छन् ।
शुक्रबार बिर्तामोडमा संघको १० औं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि श्रेष्ठलाई अध्यक्षमा पुनः सर्वसम्मत चयन गरिएको हो ।
३ बर्षे कार्यकालका लागि श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा ख्यामप्रसाद ओली, उपाध्यक्षमा रामकुमार प्रसाई, महासचिवमा शिवराज पौडेल, सचिवमा मानबहादुर गिरी(ध्रुब) र कोषाध्यक्षमा रमेश मगर चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा तिलकबहादुर श्रेष्ठ, ढुका कुमाल, निरज सिटौला, टेकबहादुर बस्नेत, डम्बरबहादुर नेम्वाङ, जयप्रकाश राई, नोर्वु लामा शेर्पा, भिम सुब्बा र चन्द्रा बुढाथोकी छन् ।
उनीहरुलाई निर्वाचन मण्डलका संयोजक डिल्लीराम दाहाल, सदस्य सचिव कल्पना मिश्र तथा सदस्यहरु डिल्लीराम घिमिरे र डिल्लीराम मैनालीले सपथ ग्रहण गराएका थिए ।
बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यतामा भएको उद्धघाटन कार्यक्रममा होटल व्यवसायी महासंघका उपाध्यक्ष देवी गौतम (रविन), कोशी प्रदेश अध्यक्ष राजन दंगाल, मेचीनगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल), चेम्बर अफ कमर्श झापा अध्यक्ष ओमकृष्ण बिमली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ सम्मान गरिएको छ । उनलाई कोभिडका बेला राम्रो काम गरेको, प्रदेशमा नै पहिलो मेचीनगरमा संघको भवन बनाउन सफल भएको लगायतमा योगदान गरेको भन्दै दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान
गरिएको छ ।
झापा अध्यक्ष श्रेष्ठले अघिल्लो कार्यकालमा निमार्णाधिन अवस्थामा रहेको जिल्ला संघको अपुरो भवनलाई पूर्णता दिने बताएकी छन् ।
उनले कोभिडसंगै आर्थिक रुपमा खस्किंदै गएको जिल्लाको होटल व्यवसाय र व्यवसायीको हक हितका लागि काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी थिइन् ।
Discussion about this post