२८ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कसले के भने ?

कोशीमा मध्यावधि निर्वाचन गर्नुहुन्न : सहमहामन्त्री परियार

भदौ २३, २०८०, १:३२ .शनिबार
0
0
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २३ भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले कांग्रेस नेतृत्वको कोशी प्रदेश सरकार ढलेकोमा चिन्ता व्यक्त गरेका छन् ।

आज काँकरभिट्टा स्थित मेची सामुदायिक हलमा आयोजना गरिएको कांग्रेस झापा क्षेत्र नं. १ प्रदेश (क) को प्रथम सम्मेलनमा प्रमुख अतिथिका रुपमा बोल्दै उनले कोशीमा मुख्यमन्त्री उद्वव थापा नेतृत्वको सरकार ढल्नु सबैका लागि समस्या भएको बताए ।

सर्वाेच्च अदालतले शुक्रबार संविधान विपरित विश्वासको मत लिएको भन्दै थापालाई हटाएर एमालेका हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाएको थियो । कार्कीले पनि एक महिनापछि विश्वासको मत लिनु पर्नेछ ।

‘एक महिनापछि के हुने हो थाहा छैन’, सहमहामन्त्री परियारले भने– ‘जे सुकै भएपनि कोशीमा सकेसम्म मध्यावधि निर्वाचनतिर जाने वातावरण बनाउनु हुन्न । त्यसका लागि दलहरुसँग छलफल आवश्यक छ । कांग्रेस त्यो छलफल गर्न तयार छ ।

भ्रष्टाचारको कुरा उठाउँदै उनले भने–‘भ्रष्टाचारको कुनै जात, पद हुँदैन । ललिता निवास, नक्कली भुटानी शरणार्थी, सुन तस्करी, ओम्नी, गिरीबन्धु लगायतका काण्डको छानवीन हुनु पर्छ । कानुन सबैलाई लाग्नु पर्छ ।’

उनले पार्टीका कुनै पनि कार्यकर्ता कांग्रेसदेखि खुशी नभएको बताए । जिल्ला, क्षेत्र, नगर, वडा, टोलका कुनैपनि कार्यकर्तामा कमजोरी छैन, दोषी केन्द्र नै रहेको उनको भनाई छ ।

उनका अनुसार विचारहरू फरक हुन सक्छ तर, सबैको विचारहरुमाथि छलफल गरेर निष्कर्ष निकाल्नु पर्छ ।

आइतबार महामानव विपी कोइरालाको ११० औँ जन्म जयन्ती । विपीका थुप्रै सपनाहरु थिए तर, समय नभएकोले ती सपनाहरु पुरा गर्न नसकेको उनको दावी छ । पार्टीले केन्द्रमा तीनदिन ‘विपी साहित्य महोत्सव’ भव्यरुपमा मनाउँदै छ ।

विपीले प्रतिपादन र परिकल्पना गरेका उद्देश्यहरु पर्टीले कार्ययोजना बनाएर जनतामा लानु पर्ने सहमहामन्त्री परियारको भनाई छ ।

फेसबुके विश्वविद्यालय छ : विमल आचार्य

कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य एवम् मेचीनगरका पूर्व मेयर विमल आचार्यले पार्टीमा समन्वयको अभाव रहेको बताए । उनका अनुसार आफ्नै गुटमा मात्र छलफल हुन्छ । यहाँ वटस्सप, फेसबुक, मेसेन्जरका विश्वविद्यालय पढ्ने विद्यार्थीहरु छन् । त्यहा अराजकहरूको झुण्डले लेख्ने गर्छन् । जसले गर्दा पार्टीलाई कमजोर बनाइरहेको आचार्यको दावी छ ।

पार्टी विग्रिएको छैन कार्यकर्तामा विचलन : रन्जिता कार्की

कोशी प्रदेश सदस्य रन्जिता कार्कीले पार्टी विग्रिएको छैन कार्यकर्तामा विचलन मात्र आएको बताइन् । उनलेउदाहरण दिँदै भनिन्–‘कुदाउँदै गरेको गाडीले ट्रेक छोड्यो भने सडक छेउमा गएर दुर्घटना हुन्छ नी कांग्रेस अहिले त्यस्तै भएको छ ।’

‘एमालेले १०० रुपैयाँ वृद्व भत्ता दिएर सुरु गर्यो’, कार्कीले भनिन्–‘त्यसपछि बढाईदियो कांग्रेसले । उनीहरुले त्यहि कुरा बोकेर सधै चुनाव जितिरहन्छ । कांग्रेस गरिवको पार्टी हो भनेर चिनाउन सुकुम्बासीलाई निःशुल्क धनिपुर्जा वितरण गर्नुपर्छ ।’

माओवादीलाई जंगलदेखि यहाँसम्म कांग्रेसले ल्यायो : केशव पाण्डे

पार्टीका झापा उपसभापति केशवराज पाण्डेले माओवादीलाई जंगलदेखि यहाँसम्म कांग्रेसले ल्याएको बताए । उनका अनुसार माओवादीलाई बन्दुक बोकेर घरघरमा गएर भोट माग्ने होइन, हात जोडेर भोट आउछ भनेर सिकाएको कांग्रेसले हो ।

नयाँ जन्मेका पार्टीहरुप्रति इङगीत गर्दै पाण्डेले भने–‘वेस नभएको पार्टी हो । फाउन्डेसन नभएको घर कस्तो हुन्छ । त्यस्तै मात्र हो ।’

उनले चाइना, वर्मा, भुटान, बंगलादेश नजिक रहेको नेपालको पूर्वी नाका काँकरभिट्टाबाट पर्यटक आउन भारतले रोकेको बताए । विभिन्न कारणले व्यापार चौपट भएको भन्दै भारतसँग बाणिज्य र परराष्ट्रिय मन्त्रालयले कुटनीतिक नीति लिन नसकेको उनको बुझाई छ ।

बालकृष्ण खाँडलाई निलम्बन गर्नु पर्छ : राम कट्टेल

झापा पूर्व उपसभापति राम कट्टेलले सर्वप्रथम पार्टी सच्चिनु पर्छ, भ्रष्टचारमा मुछिएका नेता बालकृष्ण खाँड निलम्बन गर्नु पर्ने बताए ।

यसरी पार्टी नचल्ने बताउँदै उनल सुन काण्ड, ललिता निवास काण्ड, नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका भाइ, छोरा, छोरी, श्रीमती जो भए पनि कठघरामा हाल्नु पर्ने बताए ।

‘उद्वव थापालाई मुख्यमन्त्रीमा २ पटक अदालतले हटायो’, कट्टेलले भने–‘ कांग्रेसले बनाएको सविधान । सविधानमा के छ भनेर ठुला नेताहरुलाई थाहा हुँदैन । गलत सल्लाहमा हिड्नु हुन्छ कांग्रेस ।’

‘नेताले जनता र कार्यकर्ताको मन जित्नु पर्छ । बीचसडकमा नेतामाथि खुकुरी प्रहार भयो । नेतालाई यसै गर्नुपर्छ भन्ने जनतामा भ्रम हुन थाल्यो । शहिदको सपना पूरा भएको छैन । सभापति परिवर्तन गर्नु पर्छ । अब कांग्रेसलाई नविनतम सोचका साथ अघि बढाउनु पर्छ ।’

शेरबहादुर देउवालाई पार्टीबाट निकाल्नु पर्छ : कार्यकर्ता

यसैबीच हलमा कट्टेल बोलिरहदा एकजना स्थानीय कार्यकर्ता उठेर शेरबहादुर देउवालाई पार्टीबाट निकाल्नु पर्छ भन्दै थिए । प्रमुख अतिथि परियारले हातको इसाराले बस्नु भनेका थिए ।

कांग्रेस सरकारमा छ ? : इन्द्र बुढाथोकी

पार्टीका क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी कांग्रेस देशको सबैभन्दा ठुलो दल, सरकार चलाएको तेस्रो दलले, सरकारमा कांग्रेस छ कि छैन कार्यकर्तालाई थाहा नभएको बताए ।

अरु पार्टी भनेको खहरे खोला : सुदय पनेरु

पार्टीका मेचीनगर सभापति सुदय पनेरूले कार्यक्रममा खुलेरै कुरा राखेका थिए । उनले नेताहरु गुट–उपगुटमा नलागि कांग्रेस बनाउन लाग्नु पर्ने बताए ।

उनले महाधिवेशन प्रतिनिधलाई भोट हाल्दा गुटमा नलाग्न अग्रह गरे । महाधिवेशन प्रतिनिधले जिताएर पठाएका नेताहरु फोन नै नउठाउने गरेको गुनासो उनको छ ।

‘कांग्रेस इतिहास बोकेको पार्टी हो’, पनेरुले भने–‘अरु पार्टी भनेको खहरे खोला हो । आउँछन, जान्छन् ।’

कांग्रेस झापा क्षेत्र नं.१ प्रदेश (क) का सभापति हरि बुढाथोकीको सभापतित्वमा सम्पन्न प्रदेश सम्मेलनको स्वागत उपसभापति गंगा कोइरालाले र सञ्चालन सचिव इन्द्र आङदेम्वेले गरेका थिए । सभापति बुढाथोकीले प्रदेश सम्मेलनको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

पछिल्लो समाचार

होटल व्यवसायी संघ झापा अध्यक्षमा पुनःइन्दिरा

अघिल्लो समाचार

१२० र १०३ वर्षीया वृद्वा सम्मानित (फोटो फिचर)

Related Posts

ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार
मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम
banner -2

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक २६, २०८२, ११:३१ .बुधबार
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि
banner -1

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली
banner -2

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

कार्तिक २४, २०८२, ११:४३ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.