२१ मंसिर २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अनेमा संघको तीज

१२० र १०३ वर्षीया वृद्वा सम्मानित (फोटो फिचर)

भदौ २५, २०८०, ३:१७ .सोमवार
0
0
0
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २५ भदौ । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ मेचीनगरले तीजको अवसरमा १२० वर्षीया वृद्वा पोहानी राजबंशीसहित दुई जनालाई सम्मान गरेको छ ।

आज काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा संघले आयोजना गरेको समावेशी तीज विशेष कार्यक्रममा मेचीनगर नगरपालिका–७ की ज्येष्ठ नागरिक १२० वर्षीया पोहानी राजबंशीलाई सम्मान गरेको हो ।

पत्रकार अम्बिका भण्डारीले ज्येष्ठ नागरिक राजबंशीलाई खानेपानी गेटदेखि कार्यक्रमस्थलसम्म बोकेरै लगिन भने फर्किदा संघकी अध्यक्ष जानुका ओलीले बोकेरै गेटसम्म पुर्याएकी थिइन् ।

त्यसैगरी संघले मेचीनगर–६ की १०३ वर्षीया जुजुधरा पोखरेललाई सम्मान गरेको छ ।

कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य मीना पोखरेल उप्रेतीले २ जना सम्मानित व्यक्ति प्रेरणाको श्रोत भएको बताइन् । उनले महिलाले महिलाको खुट्टा तान्ने प्रवृति अन्त्य गर्नुपर्ने बताइन् ।

‘२०७९ को स्थानीय चुनावमा मेचीनगरका महिलाहरु मेयर र वडाध्यक्ष केहि हुन पाएनन्’, कार्यवाहक मेयर उप्रेतीले भनिन्–‘अबको ०८४को चुनावमा ति पदहरुमा उठेर जित्न एकताबद्व भएर लाग्नु पर्छ ।’

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य विष्णु प्रसाईले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेकामा अनेम संघलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा महिलाहरुले तीजका गीतमा छमछमी नाचेर सामूहिक दर समेत खाएका थिए । कार्यक्रममा मेचीनगर–६ को डान्डिया ग्रुपले डडिया नाच प्रदर्शन गरेको थियो । त्यस्तै, उराउ समुदायको नाचपनि देखाइएको थियो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटिका सल्लाहकार हरिचरण बानियाँ, धुलाबारी क्याम्पसका अध्यक्ष तथा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य भीम खवास, जिल्ला कमिटी सदस्य देवकुमार राई, नगर अध्यक्ष राजु पोखरेल, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष राजकुमार पराजुली, महिला नेतृहरु रेणुका डाँगी, संगीता थापा, शोभा खवास, रमा भण्डारी, निरु परियार लगायतको उपस्थिति रहेको थियो ।

अखिल नेपाल महिला संघ मेचीनगरकी अध्यक्ष जानुका ओलीको अध्यक्षतामाा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष हेमा शिवाकोटीले र सञ्चालन सचिव अनिता गुरागाईले गरेकी थिइन् ।

 

 

 

 

पछिल्लो समाचार

कोशीमा मध्यावधि निर्वाचन गर्नुहुन्न : सहमहामन्त्री परियार

अघिल्लो समाचार

अलविदा सुवास नेम्वाङ 

Related Posts

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार
पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत
banner

पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत

मंसिर २०, २०८२, ११:५४ .शनिबार
बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
अर्थ

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.