मेचीनगर, २७ भदाै । बाहुनडाँगी जेसीजले प्रदान गर्ने ´उत्कृष्ट नारी सम्मान` मेचीनगरकी कुशल प्रधानाध्यापक शान्ता निरौलालाई प्रदान गरिएको छ ।
शाखाका पूर्व अध्यक्ष दिपक बरालकी आमा चन्द्रकला बरालको स्मृतिमा स्थापना गरिएको अक्षयकोषबाट मेचीनगर-४ काे दिपेन्द्र प्राविकी प्रधानाध्यापक निरौलालाई प्रदान गरिएको हो ।
बाहुनडाँगी जेसीजको १३ औँ स्थापना दिवस तथा जेसीज सप्ताहको समापन समारोहको अवसरमा निरौलाई नगद ५ हजार १ सय, दोसल्ला र प्रशासन पत्रद्धारा सम्मान गरिएको थियो ।
सम्मानित निरौला २०६१ सालदेखि दिपेन्द्र प्राविको प्रधानाध्यापकको रूपमा जिम्मेवारीमा रहेकी छन् ।
यसैगरी २०७९ सालको एसईईमा साबिक बाहुनडाँगीबाट उत्कृष्ट जीपीए ल्याउने छात्रार्फ मेची जनसाधारण माविकी रिस्ता नेपाल र छात्रतर्फ पनि सोही विद्यालयका किस्मत दाहाललाई नगदसहित सम्मान गरिएको छ ।
जेसीज सप्ताहमा भएका कार्यक्रमहरुको उत्कृट संयोजकको अवार्ड सचिव शुष्मा मिश्रलाई प्रदान गरिएको थियो ।
मुल कार्यक्रम संयोजक सामुल राया, कार्यक्रम संयोजकहरु सुस्मिता खतिवडा, शुष्मा मिश्र, विदात गिरी, सागर भारती, किरण गौतम, चित्रबहादुर श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
यसैगरी बाहुनडाँगी जेसीजको मेचीनगर स्तरीय साँस्कृतिक कार्यक्रममा पुरस्कारको सौजन्य गर्न रितिका डेरी उद्योग, बाहुनडाँगीका व्यवसायी समिर राई र बद्री निरौलालाई पनि सम्मान गरिएको थियो ।
शाखाका अध्यक्ष केवल निरौलाको सभापतित्व तथा काेशी प्रदेश सभा सदस्य गोपाल तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर-४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, वडा नम्बर २ का वडा अध्यक्ष दिपक बराल, नेपाल जेसीजका उपाध्यक्षहरु स्वस्तिका आचार्य, भिमबहादुर कुँवर, बिरबहादुर बेघा, सम्मानित व्यक्ति शान्ता निरौला, मातृ शाखा धुलावारी जेसीजका अध्यक्ष योगेश राजवंशी, नेकपा माओवादी केन्द्रका मेचीनगर अध्यक्ष राजन चिमरिया, शाखाका निवर्तमान अध्यक्ष सिनेटर हेमन्त मोक्तान लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
मुल कार्यक्रम संयोजक रायाले स्वागत, कार्यकारीणी उपाध्यक्ष सुस्मिता खतिवडाले आस्थापाठ र सचिव सुष्मा मिश्रले मिसन भिजन गरेको कार्यक्रमको सञ्चालन महासचिव नित्यानन्द चम्लागाईले गरेका थिए ।
सम्मान कार्यक्रमकाे सञ्चालन शाखाका बोर्ड अफ डाइरेक्टर देबु बानियाँले गरेका थिए ।
Discussion about this post