झापा, २८ भदौ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ ।
नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटार स्थित निवासमा लगिएको छ ।
एमालेको केन्द्रीय प्रचार एवम् प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार आज ११ बजे पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि गरिनेछ ।
नेम्वाङको मुन्धुम र हिन्दू परम्परा अनुसार अन्त्येष्टि गर्ने तय भएको छ ।
उनको अन्त्येष्टिअघि शवयात्रा हुनेछ । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ ।
राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएकोले आज सरकारले शोक विदा दिएको छ ।
Discussion about this post