मेचीनगर, २८ भदौ । ॐकार सनातन धर्मका अनुयायीहरूले आफ्नो अस्तित्व रक्षाका लागि आउँदो शनिबार मेचीनगरमा बृहत् माेटरसाइकल र्यालीकाे आयोजना गरेकाे छ ।
विहीबार मेचीनगर-७ स्थित लक्ष्मी नारायण मन्दिरमा शिवसताक्षी स्थित गाेलक गाेवर्दन गाैशाला अन्तरगत ॐकार सनातन धर्मका मेचीनगरका अनुयायीहरूले पत्रकार सम्मेलन गरेर साे जानकारी गराएकाे हाे ।
ॐकार सनातन धर्मका मेचीनगर कार्यक्रम संयाेजक एवम् आचार्य आसुताेष खनालले पत्रकार सम्मेलनमा गाई-गाेरू काट्ने, क्षेत्री-बाहुन काट्ने, जाति-जातिबीचकाे द्वाेन्द भडकाउने क्रियाकलाप नगर्न चेतावनी दिँदै सदभावपूर्ण हिन्दु जागरण अभियान सञ्चालन गरिने बताए ।
अभियान अन्तरगत यहि भदाै ३० गते काँकरभिट्टाकाे मेची पुलदेखि सुरू सदभावपूर्ण माेटरसाइकल र्याली बाहुनडाँगीकाे बाैद्वमाेड, ईटाभट्टा हुँदै धुलाबारी चाेकमा आएर काेणसभा हुने पत्रकार सम्मेलनमा जानकारी गराइएकाे छ ।
आफ्नो अस्तित्वका लागि पनि अभियान सञ्चालन गरिएकाे आचार्य खनालले बताए ।
सद्भाव र्यालीमा करिव २०० वटा माेटरसाइकलसहित सनातन धर्मका अनुयायीहरू सडकमा निस्कने बताइएकाे छ ।
´हामी गाईकाे पुजा गर्छाैँ`, आचार्य मुकुन्द नेपालले भने-´लाेकतन्त्रकाे सुन्दर पक्ष भनेकाे एकता हाे । कसैले पनि जातिय हिंसा हुने खालकाे हर्कत गर्न हुँदैन । गाई काट्नु आम सनातन धर्मलम्बीहरूका लागि घातक कुरा हाे । याे हामीलाई सहय् हुँदैन । समाजमा द्वाेन्द फैलाउने गतिविधि कसैले पनि गर्नु ठिक हाेइन ।`
आचार्य शंकर अधिकारीका अनुसार गाईलाई राष्ट्रिय जनावरका रूपमा संविधानमा लेखिएको कुरालाई किन यसरी अतिरञ्जीत गरिदै छ । यस्ता भ्रामक प्रचार र गतिविधि सरकारले किन राेक्न सकिरहेकाे छैन उनकाे प्रश्न छ ।
७७ वटै जिल्लामा गाई काट्ने, बाहुन र क्षेत्री पनि काट्ने जस्ता भ्रमपूर्ण प्रचार विरूद्ध लाग्न उनीहरूले आग्रह गरेका छन् ।
हाम्राे आस्थाप्रति प्रहार भएकोले पनि अस्तित्वका लागि सद्भाव र्याली आयोजना गरिएकाे आचार्य नेपालले जानकारी दिए ।
काेणसभामा गाेलक गाेवर्दन गाैशालाका पिठाधिश एवम् अभियानका जिल्ला संयाेजक नन्दकिशाेर भारध्वाजकाे प्रमुख आतिथ्यता रहने बताइएकाे छ ।
केहि दिनअघि धरानमा केही समुहले गाई काटेर खाएकाे र मेयर हर्क साम्पाङकाे विवादित विषयले विश्वमा हिन्दुवादी र अन्य जातिबीच द्वाेन्द बढाएकाे छ । यसलाई राेक्न सरकारले चासाे दिनु पर्ने सनातन धर्मलम्वीहरूकाे माग छ ।
Discussion about this post