२१ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

महामन्त्री शर्माले आफ्नो क्षेत्रमा आएर के भने !

भदौ ३०, २०८०, ४:११ .शनिबार
0
0
0
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३० भदौ । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले अहिले सरकारले संसदमा ल्याएको शिक्षा विधेयकमा सहमति नभएको बताएका छन् ।

आज धुलाबारी स्थित टाउन हलमा कांग्रेस झापा क्षेत्र नं.१ को प्रथम क्षेत्रिय सम्मेलनमा बोल्दै उनले शिक्षा विधेयक ऐनमा सहमति नभएको बताए ।

संसदमा शिक्षा विधेयक विरोधमा बोल्छु

विधेयकमा ल्याइएका धेरै कुराहरु असपष्ट रहेकोले संसदमा दर्ता भएको विधेयकको विरोधमा बोल्ने उनको भनाई छ ।

‘मेरो बुबा पनि पहिला शिक्षक नै हुन्’, शर्माले भने–‘संसदमा शिक्षा विधेयक विरुद्ध शिक्षकको प्रतिनिधिको रुपमा असहमति जनाउने छु । संसदमा प्रस्तुत गरिने विधेयकका केहि दफाहरु चित्तबुझ्दो छैनन् । त्यसलाई सच्चाउन समेत मैलेसबैलाई ध्यानाकर्षण गरिसकेको छु ।’

हात्ती छेक्न सोलार फेन्सिङ लगाइयो

सांसद शर्माले हात्तीका विषयमा कुरा उठाउँदै उनले भने–‘दुवागढी लगायतका क्षेत्रमा सोलार फेन्सिङको व्यवस्था गरिएको छ । विगतमा २ करोड निकास भयो । अब डेढकरो निकासा भएको छ । सोलार फेन्सिङले मात्र समस्या समाधान हुँदैन । त्यस्का लागि ५८ करोड लाग्ने रहेछ । यसका लागि प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग कुरा भइरहेको छ । अब चाडै हात्तीकै विषयमा प्रदेश र केन्द्रका वन मन्त्री र सरोकारवालासँग छलफल गरिनेछ ।’

धनिपुर्जा दशैँपछि वितरण हुन्छ

शान्तिनगर र बुद्वशान्ति गाउँपालिकाका सुकुमबासीहरुलाई धनिपुर्जा वितरण चाँडै गरिने उनले बताए । कर बढी भयो भन्ने विषयका कारण धनिपुर्जा वितरण गर्न रोकिएको उनको दावी छ ।

बुद्वशान्ति गाउँपालिकाले नाप नक्सा गरेर ६ हजार २५० वटा धनिपुर्जा वितरण गर्न तयारी अवस्थामा रहेको बताइएको छ । उनका अनुसार करिव ५० प्रतिशत छुटमा अब दशैँपछि स्थानीय सुकुमबासीहरुलाई धनिपुर्जा वितरण गरिने छ ।

राम्रो काममा सबै एकजुट हुनुपर्छ

उनले जनताको समस्यामा जनप्रतिनिधिहरु कुनै पनि दलको ट्याग भिडाएर काम गर्न नहुने बताएका छन् । मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका, बुद्वशान्ति गाउँपालिका र समग्र झापाको विभिन्न समस्याका विषयमा सबै राजनीतिक दल र जनप्रतिनिधि एक भएर अघि बढ्नु पर्ने उनको बुझाई छ । त्यसता विषयमा जनप्रतिनिधि र अन्य दलहरुसँग सहकार्य भइरहेको उनले जानकारी दिए ।

उनका अनुसार रेलको मुआव्जा, तटबन्धन, हात्ती, राष्ट्रिय आवास कम्पनीसँग रहेको काँकरभिट्टाका सार्वजनिक जग्गाहरु, हडिया, मेची नदी, चिया बगानका श्रमिकहरुका समस्या, पाटामारीदेखि पाटापुरसम्मको सडक लगायतका विषयमा सबैसँग छलफल भइरहेको छ ।

कम्पनी मातहतमा रहेका बसपार्क, क्याम्पस, खेलमैदान, देवकोटा पार्क लगायतका सार्वजनिक जग्गा अब चाँडै स्थानीय तहमा ल्याउने तयारी भएको उनको भनाई छ ।

महामन्त्री शर्माले अन्तराष्ट्रिय झापाली समाज र गाउँपालिकाको सहकार्यमा झापा गाउँपालिकामा एम्बुलेन्स हस्तान्तरण गरिएको बताए । अब चाँडै शान्तिनगरमा पनि अमेरिका–झापाली समाजको पहलमा एम्बुलेन्स वितरण हुने शर्माको भनाई छ ।

फायल खोल्न र फायर गर्न कसैले रोक्दैन

भ्रष्टचारका विषयमा उनले कोहि निर्दोष फस्नु हुँदैन र दोषी उम्कन पनि हुँदैन भन्ने मेरो मान्यता छ । बालकृष्ण खाँडको निलम्बनका विषयमा अदालतको फैसला स्वीकार गर्ने बताए । जुनसुकै नेताको पनि फायल खोल्ने र फायर गर्न कसैले नरोक्नेमा उनको जोड छ । ललिता निवास, सुन काण्ड, नक्कली भुटानी शरणार्थी र गिरीबन्धु लगायतका काण्डमा सरकार कठोर भएर लाग्नु पर्ने उनको बुझाई छ ।

बुद्वशान्तिमा नेपालकै दोस्रो झोलुङ्गे पुल बन्ने

महामन्त्री शर्माले नेपालकै दोस्रो झोलुङ्गे पुल अब बुद्वशान्ति गाउँपालिकामा बन्ने दावी गरे । उनले साढे ९ करोडको लागतमा ४६८ मिटर लामो झोलुङ्गे पुल बुद्वशान्तिमा बन्ने बताए । नेपालको पहिलो झोलुङ्गे पुल कुस्मा जिल्लामा छ ।

उनका अनुसार मेचीनगर–१३ मा रहेको बाङ्गे पुल अब बन्ने छ । उनले २०७० र २०७४ को प्रतिनिधि सभाको चुनावमा पराजित हुँदादेखिको बाङ्गे पुल जस्ताको त्यस्तै रहेछ, त्यसलाई २०८० सालमा नै बनाउने योजना रहेको बताए ।

घर भत्कीदैन, चियाका बुट्टाहरु उखेलिन्छ

‘सडक चोडा गर्ने नाममा शान्तिनगरका २५ वटा घर भत्काउने कुरामा विमत्ती रहेको छ । ढुक्क हुनुहोस् घर भत्कीदैन, चिया बगानका केहि चियाका बुट्टाहरु उखलेर घर जोगाउनेमा छौँ । अबको ढेड वर्षमा शान्तिनगरको सडक सरर हिड्ने बनाउछौँ’, उनले भने ।

कांग्रेस भनेको ओल्ड इज गोल्ड

कांग्रेस भनेको ओल्ड इज गोल्ड हो ‘मिसन ०८४ का बारेमा चिन्ता लिनु पर्दैन’, शर्माले भने–‘ कांग्रेस भनेको ओल्ड इज गोल्ड हो। यस विषयमा सभापति देउवाले चिन्ता लिने होइन । अब हाम्रो पालो हो देश र पार्टी कसरी बनाउने ।

नयाँ दलहरुले व्याण्ड बाजा बजाउँछन् । हाम्रो पार्टी नौमति बाजा हो । नौमति बाजा जस्तै कांग्रेस इतिहास बोकेको पार्टी हो । त्यहि भएर पछिको चिन्ता नलिनुहोस् । अहिले के गर्ने त्यो काम गर्ने हो ।’

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गोमा भट्टराई, कोशी प्रदेश समिति सदस्य विमल आचार्य, कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, जल्ला सभापति देउमान थेवे, उपसभापति केशवराज पाण्डे, पूर्व उपसभापति राम कट्टेल, नगर सभापति सुदय पनेरु लगायतलेशुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाली कांग्रेस झापा क्षेत्र नं.१ का क्षेत्रिय सभापति इन्द्रबहादुर बुढाथोकीले प्रथम क्षेत्रिय सम्मेलनको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन र महामन्त्रीलाई अधिकांश नेता तथा कार्यकर्ताले पार्टीका विषयमा जिज्ञासा राखेका थिए ।

क्षेत्रिय सभापति बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपसभापति हरि बुढाथोकीले, सञ्चालन सचिवद्वय सुरेन्द्र बुढाथोकी र राजन भट्टराईले संयुक्त रुपमा गरेका थिए ।

भिडियो पनि हेर्नु होला ।

 

पछिल्लो समाचार

धुलाबारी माविले गर्यो विद्यार्थीहरुलाई सम्मान

अघिल्लो समाचार

११४ औं देवकोटा जयन्ती मनाउने तयारी

Related Posts

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार
झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
अर्थ

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार
निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण
banner -2

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

कार्तिक १८, २०८२, १:०३ .मङ्लबार
झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा

कार्तिक १७, २०८२, ३:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.