मेचीनगर, २९ भदौ । धुलाबारी माध्यमिक विद्यालयले तीन दर्जन बढी विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
आज धुलाबारी स्थित टाउन हलमा विद्यालयले ५९ औं राष्ट्रिय वाल दिवसको अवसर पारेर उनीहरुलाई सम्मान गरेको हो । विद्यालयले छात्रवृत्ति समेत वितरण गरेको छ ।
सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरुलाई कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेती, वडा नम्बर १० का वडाध्यक्ष नारायण खनाल लगायतले दोसल्ला, अविर र प्रमाण पत्रले सम्मान गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बिक्रम नेम्वाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक अविभावक संघका अध्यक्ष लेखनाथ पराजुलीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अविभावक, आमा समूहका प्रतिनिधि र विद्यार्थीहरु सहितको उपस्थिती रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यपक महेन्द्रविलास लुईटेलले स्वागत गरेका थिए ।
कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यपक तेजप्रसाद चौलागाई र शिक्षक रमेशकुमार दाहालले संयुक्त रुपमा गरेका थिए ।
Discussion about this post