मेचीनगर, २९ भदाै । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेकाे व्यवस्थाकाे विकल्प खाेज्न जरुरी रहेकाे बताएका छन् ।
आज धुलाबारी स्थित राधास्वामी सभाहलमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन मेचीनगर समितले आयोजना गरेकाे तीज विशेष कार्यक्रममा उनले यस्ताे बाेलेका हुन् ।
परिवर्तनका सम्भाहक भन्ने तीन दशक भन्दा बढी शासन गर्ने दलहरूले जनतालाई बन्धक बनाएकाे उनकाे आरोप छ ।
उनका अनुसार राेजगारका लागि युवा विदेश पलायन, दिनकाे २४ सय विदेश, एउटा बच्चा जन्मिने, ठुलाे हुने अनि पासपोर्ट र नागरिकता बाेकेर अरवियन मुलुकमा नाेकर बन्न जाने अवस्था छ ।
´श्रीमती छाेडेर, आमाकाे काख छाडेर, रूदै रूदै देश छाेडर विदेश गएका युवाले अलिअलि सानाे बाकसमा पैसा कमाउन गएकाहरू ठुलाे बाकसमा आउछन् । यस्ताे प्रवृति र विडम्बनाकाे अन्त्य गर्नु पर्छ`, उनले भने ।
उनले अहिलेकाे समय र माग अनुसार राप्रपा नविनतम साेच र परिवर्तनका साथ नजाने हाे भने देश र जनताका लागि धाेका हुने बताए ।
त्यसका लागि नेताहरू केन्द्र र अध्यक्षकाे वरिपरि मात्र अब हिड्ने हाेइन भनेरै नेताहरूलाई गाउँ र वडासम्म जनतालाई भेट्न पठाइएको उनले बताए ।
अध्यक्ष लिङदेनले देश संटमा रहेकाे बताए । राजश्व उठेकाे छैन, कर्मचारी र जनप्रतिनिधिले तलव खान पाइरहेकाे अवस्था नभएको उनकाे भनाई छ ।
यसकाे अन्त्य गर्न याे राज्य व्यवस्था परिवर्तन गर्नु पर्ने उनकाे जाेड थियो । त्यसका लागि विकल्प राप्रपाले मात्र दिन सक्ने लिङदेनकाे भनाई छ ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य राजकुमार पाेखरेल, काेशी प्रदेश सभा सदस्य एवम् मेचीनगर कमिटी अध्यक्ष सविना बजगाई, क्षेत्रीय नेता अशोक शुब्बा लगायत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
तीज कार्यक्रममा माया गुरूङ, मीरा पाेखरेल काफ्ले, महाविर अग्रवाल लगायत दर्जन बढीलाई सम्मान गरिएकाे थियो ।
समाजसेवी महावीर अग्रवालले विपन्न परिवारका महिलाहरूलाई एक-एक थान साडी वितरण गरेका थिए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेश गरेका थिए । महिलाहरूले सामुहिक दर खाएर नाच्दै तीज मनाएका छन् ।
कार्यक्रममा जिल्ला सदस्य सुनिता शर्माले तीज समेटिएको मुक्तक प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रम संयाेजक अस्मिता खरेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन पार्टीका मेचीनगर सचिव विशालकृष्ण बाँस्ताेलाले गरेका थिए ।
भिडियो पनि हेर्नु होला ।
Discussion about this post