४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पूर्वीद्वारको साधारणसभा

‘सहकारीको आकार र क्षेत्र ठुलो हुँदैमा निरोगी हुँदैन’

भदौ २८, २०८०, ३:४४ .बिहिबार
0
0
0
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी, २८ भदौ । प्रदेश सहकारी संघका सचिव भवानीप्रसाद दंगालले ठुला भनाउँदा सहकारीको आकार र क्षेत्र फराकिलो हुँदैमा निरोगी नहुने बताएका छन् ।

आज धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघमा पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाको १७ औँ माइन्युट प्रमाणित वार्षिक साधारण सभामा उनले यस्तो कुरा बताएका हुन् ।

‘सहकारीको आकार र क्षेत्र ठुलो हुँदैमा निरोगी हुँदैन’, सचिव दंगालले भने–‘त्यस्ता सहकारीमा धमिरा लाग्न सक्छ ।’

पूर्वीद्वार साकोसको प्रशंसा गर्दै उनले ३६ प्रतिशत तरलता हुनु भनेको चानचुने कुरा होइन । अरुको बढीमा १६ प्रतिशत तरलता छ । यो सहकारीले सदस्यलाई चाहेको बेला जतिखेर पनि पैसा दिनसक्छ । अहिले ठुला भनाउँदा सहकारीको विजोग छ । यो संस्था त्यति सजिलै नढल्ने उनको दावी छ ।

झापामा ८०२ वटा सहकारी संस्था मध्ये ५८ वटा सहकारी दर्ता खारेज भएको उनले जानकारी दिए । जिल्ला सहकारी संघ झापाका सचिव समेत रहेका कार्यक्रमका प्रमुख अतिथि दंगालले ५८ वटा मध्ये ४ वटा सहकारी समस्यामा रहेको बताए ।

‘केहि समयदेखि सहकारीप्रति भ्रम छर्ने काम भइरहेको छ । सहकारीका सञ्चालक ठग हुन्, अध्यक्ष नै पैसा लिएर भाग्छन्, बचत गर्न हुँदैन, ऋण मिनाहा हुनुपर्छ, ऋण तिर्नु पर्दैन लगायत भ्रम प्रचार गर्नेहरुप्रति सजक रहनु पर्छ’, उनले भने ।

उनका अनुसार ठुला भनाउँदा सहकारीहरु प्रदेश र केन्द्रमा गइसके तर, नगरमा रहेका सहकारीहरुमध्ये पूर्वीद्वार साकोस पहिलो रहेको छ । पूर्वीद्वारलाई २०७९ चैत २० गते ६६औँ राष्ट्रिय सहकारी दिवसमा बतच तथा ऋणतर्फ समेत उत्कृष्ट सहकारी घोषणा गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि दंगाल, मेचीनगर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिव रेग्मी, जनप्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पशुपति नेपाल, सहज महिला समृद्वि वहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष शारदा शर्मा, पूर्वीद्वारका लेखा समिति सदस्य उदय बराइली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साधारण सभामा विभिन्न विधामा योगदान पुर्याउने १० जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा नियमित बचततर्फ मेचीनगर–२ की जमुना रम्तेल, मेचीनगर–९ का खगेन्द्र चापागाई र बाल बचततर्फ मचीनगर–६ की पेम्बा शेर्पा छिन् ।

त्यस्तै नियमित ऋणतर्फ मेचीनगर–१० की एककुमारी कोइराला र मेचीनगर–१५ का बोक्दा टुडु सतार रहेका छन् ।

त्यसैगरी संरक्षित पुँजी फिर्ता कोषतर्फ मेचीनगर–१५ की शान्ता लावती छन् । यस्तै ज्येष्ठ नागरिक तर्फ मेचीनगर–१५ की शान्तादेवी ढुंगेल र मेचीनगर–१० का छत्रबहादुर कार्की छन् ।

सफल व्यवसायीको तर्फबाट मेचीनगर–१५ का रमेश राई छन् भने उत्कृष्ट कर्मचारीका तर्फबाट मेचीनगर–१० की सिर्जना श्रेष्ठ रहेको संस्थाले जनाएको छ । कार्यक्रममा संस्थापक सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।

२०६३ सालमा ३३ जना सदस्यबाट प्रति सदस्य १०० रुपैयाँले ३३०० शेयर रकमबाट सुुरु गरेको संस्थामा हाल दुई करोड ६४ लाख ३७ हजार ७ सय पुगेको छ । संस्थामा पाँच हजार ८०४ जना शेयर सदस्य छन् ।

संस्थाको निक्षेप बचत १६ करोड ८ लाख । सदस्यलाई ऋण लगानी १५ करोड ९२ लाख ६४ हजार रहेको छ भने कुल सम्पत्ति २३ करोड ३४ लाख ४० हजार छ ।

धुलाबारीमा मूख्य कार्यालयसहित ८ वटा शाखा कार्यालयबाट सदस्यलाई सेवा प्रवाह गरिरहेको छ । संस्थाको कार्य क्षेत्र मेचीनगर रहेको छ । संस्थाको ७ वटा सेवा कार्यालयको ईकाई साधारणसभा यसअघि नै सम्पन्न भएको थियो ।

पूर्वीद्वार साकोसका अध्यक्ष विश्वेश्वरप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष मणिराम खतिवडाले र सञ्चालन व्यवस्थापक प्रल्हाद खड्काले गरेका थिए ।

 

 

 

 

पछिल्लो समाचार

नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

अघिल्लो समाचार

अहिलेकाे व्यवस्थाकाे विकल्प खाेज्नु पर्छ : लिङदेन

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.