मेचीनगर, ३ असाेज । प्रदेश १ का पूर्व सांसद श्रीप्रसाद मैनालीलाई हातपात गर्ने भुपाल ओली धराैटीमा छुटेका छन्
ओलीले एक हप्ताअघि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा आएर आत्मसमर्पण गरेका थिए ।
प्रहरी हिरासतमा रहेका ओलीले एमालेका नेता समेत रहेका मैनालीलाई हातपात गर्नु गल्ती भएको स्वीकार गरेका थिए ।
ओलीलाई छुटाउन इप्रकामा छलफल समेत बसेको थियाे । छलफलमा पूर्व सांसद मैनालीका परिवार नआएपछि प्रहरीले कानुन अनुसार अनुसन्धान सुरू गरेकाे थियाे ।
करिव तीन महिनाअघि हातपात गरेर फरार रहेका ओलीलाई इप्रकामा अभद्र व्यवहार सम्बन्धि सार्वजनिक मुद्दा दर्ता गराएकाे थियो ।
इप्रकाका प्रमुख डीएसपी दिपक भारतीले आत्मसमर्पण गरेका ओली सीडीओ कार्यालयमा धराैटी राखेर छुटेकाे बताए ।
´हामीले सरकारी कार्यालयमा फायल बुझाइम` डीएसपी भारतीले भने-´सरकारी कार्यालयले प्रमुख जिल्ला अधिकारी शिवराम पाेखरेलमार्फत ओली धराैटीमा छुटेका छन् ।`
Discussion about this post