२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

काठमाडौंमा प्रदर्शन

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा

अशोज ३, २०८०, ५:१० .बुधबार
0
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

झापा, ३ असाेज । शिक्षक महासंघले विद्यालय बन्द घाेषणा गरेर आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।

संसदमा दर्ता भएको शिक्षा विधेयक फिर्ताकाे माग गर्दै काठमाडौंमा महासंघले पहिलो दिन बुधबार  माइतीघरमा प्रदर्शन गरेका हुन् ।

देशभरबाट काठमाण्डौं आएका शिक्षकहरु माइतीघरमा भेला भएर आन्दोलनमा सहभागी भएका छन् ।

विगतमा सहमतीका बुँदाहरु विधेयकमा नभएकाले आन्दोलन गर्न आँफूहरु बाध्य भएको शिक्षक नेताहरुकाे भनाई छ ।

कोण सभामा शिक्षक नेताहरुले स्थानीय सरकारका जनप्रतिनिधि लक्षित गर्दै पहिलो दिनको प्रर्दशन सम्पन्न गरेका छन् ।

संसदमा विधेयक दर्ता हुनु अघि नै आन्दोलनको घोषणा गरेको महासंघले शिक्षा मन्त्रालयसँग नभई सिधै सरकारसँग वार्ता गर्ने बताएका छन् ।

विधेयक संसदमा दर्ता भईसकेकोले शिक्षा मन्त्रालयसँग भन्दा सभामुख वा दलका सचेतकहरुसँग वार्ता गर्न सकिने उनले बताए ।

शिक्षक नेताहरुले आफूहरु स्थानीय सरकार मातहत बस्न नसक्ने बताएका छन् ।

महासंघकी सहअध्यक्ष एवम् आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुलीले शिक्षा मन्त्रालयसँग वार्तामा बस्न नसक्ने बताइन् । उनले मन्त्रालयसँग विश्वास नभएको बताइन् ।

शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले स्थानीय सरकारहरुकाे हेर्ने नजर ठिक नभएकाले समस्या आउने दावी गरे ।

शिक्षकहरुको आन्दोलन चलिरहँदा काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द गरेर पठनपाठन अवरुद्ध गरेमा कारवाही गर्ने सूचना सार्वजनिक गरेको छ ।

साे सूचनालाई लक्षित गर्दै शिक्षक नेताहरुले स्थानीय सरकारप्रति खवरदारी गरेका छन् ।

कार्यक्रम सञ्चालन समेत गरेका महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले आफूहरु अरिंगाल भएकोले अरिंगालको गोलालाई नजिस्क्याउन आग्रह गरे ।

एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले पनि दलका नेताहरुलाई शिक्षकले चुनावका बेला गरेको सहयोग नभुल्न स्मरण गराए ।

´शिक्षककै कारण जनआन्दोलन पुरा भएको हो, जिताउन हामी चाहिने अहिले खोलो तर्यो लौरो विर्सियो गर्न पाईन्छ ?’ प्रश्न गर्दै उनले भने ’खबरदार २०८४ साल मा पनि चुनाव हुन्छ ।

सत्ताधारी दल माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले पालिकामा रहेका कर्मचारीले आफूहरुलाई गर्ने अनुगमन अमान्य रहेको बताए ।

दोश्रो दिनको आन्दोलन पनि यही शैलीमा सञ्चालन हुने भन्दै शिक्षक नेताहरुले पटक-पटक भएको सहमती पूर्ण रुपमा ऐनमा लिपिवद्ध नभएसम्म आउँदै गरेको दशैं पनि सडकमै मनाउन तयार रहन शिक्षकहरुलाई उर्दी जारी गरेका छन् ।

पछिल्लो समाचार

असोज १४ देखि ´समाजवाद जागरण यात्रा`

अघिल्लो समाचार

काँकरभिट्टामा युवा संघको प्रशिक्षण

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.