मेचीनगर, ११ असोज । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटीले संगठन निर्माण, परिचालन र नेतृत्व विकास सम्बन्धी एकदिवसिय प्रशिक्षण सम्पन्न गरेको छ ।
आज युवा संघ मेचीनगरले नेकपा एमाले क्षेत्रिय पार्टी कार्यालय काँकरभिट्टाको सभा हलमा प्रशिक्षण कार्याक्रम सम्पन्न गरेको हो ।
प्रशिक्षणको उद्घाटन एमाले केन्द्रीय सल्लाकार परिषद् सदस्य विष्णु प्रसाईले गरेका थिए । बागमती प्रदेशका पूर्व प्रमुख समेत रहिसकेका नेता प्रसाईले अब युवाहरु एकजुट भएर संगठनलाई जरादेखि नै सशक्त्त बनाएर लान जरुरी रहेको बताए ।
कार्यक्रममा एमाले झापाका सचिवालय सदस्य एवम् क्षेत्र नं. १ का क्षेत्रिय संयोजक टिकाराम मग्रान्तीले संगठन निर्माण, परिचालन र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा युवा संघ कोशी प्रदेश कमिटी सदस्य संगीता मेचे, झापाका पूर्व सचिव सुमन थापा, जिल्ला सदस्य कृष्ण श्रेष्ठ, सञ्जय मेचे, गोपाल बुढाथोकी लगायतको सहभागिता रहेको थियो ।
राष्ट्रिय युवा संघ नेपाल मेचीनगरका अध्यक्ष सुनिल राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन राकेश खवासले गरेका थिए ।
Discussion about this post