मेचीनगर, ११ असोज । अखिल नेपाल महिला संघ मेचीनगरले फोहोरको वर्गीकरण गर्ने उद्देश्यले काँकरभिट्टादेखि सरसफाइ अभियान सुरु गरेको छ ।
‘स्वाथ्य जीवन राष्ट्रको धन जनताको साथमा अनेम संघ, समद्ध नेपाल, सुखी नेपाली हाम्रो अभियान समान सहभागिताका लागि सुदृढ संगठन’ भन्ने मुल नारासाथ फोहोरलाई स्रोतमा पृथकीकरण गरौँ भन्ने उद्देश्यले अभियान आजबाट सुरु गरेको हो ।
कार्यक्रममा संघकी प्रदेश कमिटी सदस्य शोभा खवासको प्रमुख आतिथ्यता रहेको थियो । उनले काँकरभिट्टाको हनुमान मन्दिर अगाडि झाडुले सरसफाइ गरेर अभियानको सुरुवात गरेकी थिइन् ।
हनुमान मन्दिरदेखि काँकरभिट्टा बसपार्क वरपरसम्म सरसफाइ गरिएको थियो । सरसफाइ अभियानमा सेतो, पहेंलो, हरियो बोरा र सोही कलरको रिबनको प्रयोग गरिएको थियो । पहेंलो बोरामा नकुहिने सिसा, निलोमा प्लाष्टिकजन्य वस्तु र हरियो बोरोमा कुहिने फोहोरलाई वर्गीकरण गरी संकलन गरिएको थियो ।
अनेम संघ मेचीनगरकी अध्यक्ष जानुका ओलीले फोहोरलाई स्रोतमै बर्गीकरण गरेमा मोहोरमा समेत परिणत गर्न सकिने बताइन् । सरसफाइले स्वस्थ जीवन जिउन र पर्यावरण सफा राख्न सहयोग पुग्ने उनको जोड छ । उनका अनुसार अनेम संघले नगरका १५ वटै वडादेखि टोल समितिसम्म महिनाको एक पटक यो अभियान सञ्चालन गर्नेछ । सो अभियान देशभर नै अनेमसंघको नेतृत्वमा भइरहेको छ ।
कार्यक्रममा अनेम संघ झापा उपाध्यक्ष रेणुका डाँगी, नेकपा एमाले झापा सदस्य रमा भण्डारी, देवकुमार राई, टीकाराम मंग्रान्ती, राजु कार्की, चन्द्र प्रसाई, महिला नेतृहरु कल्पना ओली, अम्बिका खवास, पार्टी नगर कमिटी अध्यक्ष राजु पोखरेल, काँकरभिट्टा खानेपानी सरसफाइ समितिका अध्यक्ष राजकुमार पोखरेल, नेपाल उद्योग तथा व्यवसायी संघ मेचीनगरका अध्यक्ष रामबहादुर घिसिङ लगायत विभिन्न पार्टी, संगठनका प्रतिनिधि लगायत सञ्चारकर्मीहरुको उपस्थित रहेको थियो ।
अनेम संघ मेचीनगरकी अध्यक्ष जानुका ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव अनिता गुरागाईँले गरेकी थिइन् ।
Discussion about this post