झापा, ११ असोज । नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघ झापा जिल्ला कमिटीको अध्यक्षमा पर्वत कार्की सर्वसम्मत चयन भएका छन् ।
आज बिर्तामोडमा सम्पन्न महासंघ झापाको प्रथम अधिवेशनले कार्कीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
महासंघको दुईजना उपाध्यक्षमा मेचीनगरका चेतराज विष्ट र शिवसताक्षीका विष्णुप्रसाद प्रसाई, सचिवमा दकमका रामप्रसाद रिमाल चयन भएका छन् ।
महासंघको कोषाध्यक्षमा बिर्तामोडका लक्ष्मीप्रसाद सापकोटा, उपसचिवहरु बिर्तामोडका गोमा भट्टराई, बुद्धशान्तिका सूर्यबहादुर तामाङ र गौरादहका पुण्यप्रसाद सिग्देल र सहकोषाध्यक्षमा दमकका भीमा रिजाल छानिएका छन् ।
अधिवेशनले झापाका हरेक नगरपालिकाबाट कम्तीमा एकजना महिलासहित ३ जना र गाउँपालिकाबाट एकजना महिलासहित २ जनाको प्रतिनिधित्व रहने गरी जिल्ला कमिटी सदस्य चयन गरेको छ । यस्तै चारवटा वस्तुगत संघबाट १–१ जनाको जिल्ला कमिटीमा प्रतिनिधित्व रहने गरी जिल्ला कमिटी चयन गरिएको छ ।
अधिवेशनबाट सर्वसम्मतचयन भएका सबेलाई निर्वाचन मण्डलका संयोजक प्रकाश अधिकारीले पद तथा गोपनियताको सपथ खुवाएका थिए । नवनिर्वाचित अध्यक्ष कार्कीले प्रतिवद्धता मन्तब्य गरेका थिए । संयोजक अधिकारीको टोलीमा रिङकुमार आचार्य, नारायण काफ्ले, गोपाल काफ्ले, अर्जुन मैनाली, इन्दिरा श्रेष्ठ र लोकमाया ढुंगाना थिए ।
अधिवेशनको उद्घाटन महासंघका केन्द्रीय अध्यक्ष एलपी सावाँले गरेका थिए ।
कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष साँवा, नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्की, महासंघका कोशी प्रदेश अध्यक्ष गणेश बस्नेत लगायतले शुभकामन मन्तव्य व्यक्त गरेका थिए ।
Discussion about this post