बिर्तामोड, १२ असाेज । पूर्वी हिमाल यातायात प्रालिकाे अध्यक्षमा हेमराज दाहाल (भान्जा) सर्वसम्मत चयन भएका छन् ।
आज बिर्तामोड स्थित प्रालिकाे कार्यालयमा सम्पन्न तेस्राे अधिवेशनले दाहाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेकाे हाे ।
दाहाल यसअघि संस्थाकाे प्रबन्ध निर्देशक थिए । अध्यक्ष अमरसिंह थापा अस्वास्थ्य भएका कारण पछिल्लो समय दाहालले कार्यबाहककाे भूमिका निर्वाह गरिरहेका थिए । अधिवेशनले अध्यक्ष थापालाई संस्थाको संरक्षकमा राखेको छ ।
अधिवेशनले समितिकाे प्रबन्ध निर्देशकमा शिवराज खड्का, सचिवमा भरत खतिवडा र काेषाध्यक्षमा सन्ताेष शर्मालाई चयन गरेकाे छ ।
त्यस्तै समितिकाे सदस्यहरूमा नारायणप्रसाद तिवारी, अर्जुन कडरिया, लक्ष्मी कार्की र प्रताप वस्नेत छन् ।
यसैगरी सल्लाहकार समिति संयाेजकमा गणेश न्याैपाने तथा सदस्यहरूमा टंकप्रसाद अधिकारी र गाेपालकान्त सरकार रहेका छन् ।
नयाँ कार्य समितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन अधिकृत एवम् पत्रकार अर्जुन कार्कीले प्रमाणपत्र वितरण गरेका थिए ।
नयाँ कार्यसमितिकाे कार्यकाल ४ वर्षकाे रहने संस्थाले जनाएकाे छ ।
अधिवेशनले ५ जना उत्कृष्ट चालकलाई सम्मान गरेकाे छ । सम्मानित हुनेहरूमा सागर अधिकारी, गाेरेबहादुर विसन्के, नरेन्द्र रिमाल, बालकृष्ण थापा र खेम कटुवाल रहेका छन् । उनीहरूलाई नगदसहित अविर, टीका, खादा र प्रमाणपत्र दिएर सम्मान गरिएकाे थियाे ।
संस्थाका कार्यबाहक अध्यक्ष हेमराज दाहालले अध्यक्षकाे प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमकाे सञ्चालन संस्थाका संस्थापक सदस्य शिवराज खड्काले गरेका थिए ।
Discussion about this post