झापा, १२ असोज । फिल्म खेल्ने भनेर निर्माताबाट पैसा लिएर फिल्म नखेलेपछि उजुरीका आधारमा अभिनेता अनमोल केसी पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले भक्तपुरको साँगाबाट उनलाई पक्राउ गरेको प्रहरीको भनाई छ ।
रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए ।
उनलाई साँगाबाट साँझ साढे ५ बजे नियन्त्रणमा लिइएको र थप अनुसन्धानका लागि हिरासतमा लिइएको प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए ।
निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट चन्द्रकला कटुवालले उजुरी दिएकी थिइन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार केसीले फिल्म खेल्छु भनेर बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ लिएका थिए । तर, फिल्म खेल्न मानेका थिएनन् ।
यही फिल्मलाई लिएर निर्माण पक्षको एक करोड भन्दा बढी लगानी भइसकको जनाएको छ ।
Discussion about this post