मेचीनगर, १६ असाेज । मेचीनगर नगरपालिका-७ नम्बर वडा कार्यालयले वडावासीलाई सुधारिएकाे चुलो वितरण गरेकाे छ ।
वडा कार्यालयकाे वैठक हलमा एक कार्यक्रमकाे आयोजना गरेर ५०४ वटा चुलामध्ये आज १५० वटा चुलो वितरण गरिएकाे हाे ।
वातावरण संमक्षण केन्द्र(ईपीसी नेपाल) राैतहटले मेचीनगरमा २५ हजार सुधारिएको चुलो वितरण गर्ने लक्ष्य लिएकाे संस्थाका झापा संयाेजक अमर मेचेले जानकारी दिए ।
मेचेका अनुसार मेचीनगरमा आजको मितिसम्ममा पाँच हजार ४ सय साे प्रकृतिकाे चुलो वितरण गरिसकिएको छ ।
यसअघि मेचीनगरकाे वडा नम्बर १, २, ४, ५, ८, ९ र १५ मा चुलाहरू वितरण गरिसकिएको उनकाे भनाई छ । बाँकी रहेका वडाहरूमा क्रमिक रूपमा वितरण गर्दै जाने बताइएकाे छ ।
चिया मजदुर, लक्षीत समुदाय र निम्न वर्गका लागि साे चुलो बाढ्ने उद्धेश्यले वितरण गरिएकाे बताइएकाे छ ।
साे चुलो प्रति व्यक्ति २ सय रूपैयाँ लिएर वितरण गरिएको छ । बाहिर खरिद गर्दा ५५ सय रूपैयाँ पर्ने संस्थाले जनाएकाे छ ।
सिंगापुरकाे भीएण्डभी एडभाइजर नामक दातृ निकायले ईपीसी नेपाललाई साे चुलो सहयाेग गरेकाे झापा संयाेजक मेचेले बताए ।
ईपीसी नेपालले हाल ८ वटा जिल्लामा चुला वितरण गरिरहेकाे छ। पर्सा, धनुषा, सिरहा, सप्तरी, झापा लगायतका जिल्लामा याे अभियान चलिरहेकाे उनले बताए ।
मेचीनगरसँगै बुद्वशान्ति गाउँपालिका-४ र ५ नम्बर वडा तथा इलाम जिल्लाका केही क्षेत्रमा पनि चुलो चाँडै बाढ्ने याेजना रहेकाे मेचेकाे भनाई छ ।
५ वर्षकाे ग्यारेन्टी भएको चुलोकाे पंखा र एडप्टर विग्रिए तथा चुला जिर्ण भए परिवर्तन गरिदिने संस्थाले जनाएकाे छ ।
सुधारिएको चुलोमा थाेरै मात्रमा दाउरा हालेर विद्युतिय माध्यमबाट खाना पकाउन सकिनेछ ।
७ नम्बर वडाका वडाध्यक्ष प्रल्हादमणि ओलीले ८०० चुलोमध्ये पहिलाे चरणमा ५०४ वटा चुलो आएको बताए ।
आज १५० वटाचुलो वितरण गरिएको उनले बताए । निम्न वर्ग, लक्षीत समुदाय र चिया वगानका मजदुरहरूलाई बाढ्ने याेजनाका साथ बाँकी रहेका चुलाहरू बुधवार चिया वगानका मजदुरहरूलाई वगानमा नै लगेर बाढ्ने उनले बताए ।
Discussion about this post